नयाँ शक्तिको आर्थिक निति, एक ब्याक्तिबाट बार्षिक पचासहजार भन्दी बढी चन्दा नलिने

240
0
Share:

पोखरा , फागुन २०
माधब पनेरु
नयाँशक्ति र्निमाणहुने गरी राजनितिक दल खोल्ने अभियानमा लागेका डा. बाबुराम भट्राईले नेतृत्व गरेको नयाँ शक्ति र्निमाण अभियानले आर्थिक पारदर्शिता कायम गर्ने भएको छ ।
अभियानका संयोजक डा. बाबुराम भट्राईले पोखरामा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताए । उनले अब कुनै पनि ब्याक्तिबाट चन्दा वा आर्थिक सहयोग उठाउदा पुरै पारदर्शि हुने गरी बेभसाईटमा राखीने बताए । एक ब्याक्तिबाट बर्षमा पचार हजार र एउटा सस्थाबाट २० लाख भन्दा बढी चन्दा नलिने पत्रकार सम्मेलनमा डा. भट्राईले भने ।
दल सञ्चालनको लागि पैसा आबस्यक पर्ने भएपनि अन्य राजनितिक दलहरुको जस्तो गरी जथाभावि रुपमा आर्थिक संकलन आफुहरुले नगर्ने उनले बताए । केही समय पछि आफुहरुले आन्तरीक रुपमा नै उत्पादनलाई बढाएर नै आर्थिक ब्यबस्थापन गर्ने भएपनि तत्कालका लागि आर्थिक निति बनाएको उनले सो अबसरमा जानकारी दिए । केही सामाजिक अभियान मार्फत एक लाख सदस्य बनाएर मात्र राजनितिक पार्टी र्निमाण गर्ने आफुहरुको सोच भएको भट्राईले भने ।
अगुवा कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा सहभागि हुन पोखरा आएका भट्राईले गोरखामा आफुहरु सबै भन्दा ठुलो पार्टी बनीसकेको पुष्टी भैसकेको दावि गरे । आफुहरु पार्टीकै रुपमा नभएपनि पार्टी र्निमाणको प्रकृयामा भएकाले गोरखामा अन्य दलहरुले अनाबस्यक निषेध गर्न खोजेकोमा आपत्ती जनाए ।
नेपालमा गठन भएका बिभिन्न राजनितिक दलहरुले समय अनुसार राजनितिक ऐजेण्डा बोकेका थिए । प्रजापरिरषद देखि माओबादीसम्म सबैको राजनितिक ऐजेण्डा नै थियो । तर अब आफुले नेपालकै ईतिहासमा पहिलो पटक आर्थिक ऐजेण्डा बोकेको राजनितिक पार्टी गठन गर्न लागेको उनले सो अबसरमा भने । अब राजनितिक ऐजेण्डा पुरा भएका कारण आर्थिक बिकास र संबृद्धि मार्फत समाजका बिभेदको अन्त्य गर्ने उनको दावि थियो ।

कमेन्ट गर्नुहोस्
Share: