
पोखरा २१ फागुन-
पोखरामा आजदेखि राष्ट्रिय औद्योगिक ब्यापार मेला सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघद्धारा आयोजित मेलाको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरे ।
चैत्र १ गतेसम्म सञ्चालन हुने मेलामा जम्मा तीन सय ६ स्टल रहने आयोजकले जनाएको छ । यो बर्ष व्यापार मेला सँगै सुचना प्रविधि मेला पनि सञ्चालन हुने भएको छ । मेला स्थलमा रहेको डोम भित्र ७८ स्टल सुचना प्रविधि मेलाको लागि छुट्याईएको छ । अन्य स्टल मध्य मध्य मिनि डोम १८, रेष्टुरेष्ट १५, अटो ४५ , मेड इन नेपाल पेभेलियनमा ३५, ,कृषि १४, हस्तकलामा १०, फ्लोरिकल्चरमा ६ र ८५ वटा साधारण स्टल रहने छन् ।
मेलाको ३ लाख दर्शकहरुले अवलोकन गर्ने र एक करोड ११ लाख रुपैया आम्दानी गर्ने आयोजकको लक्ष्य छ । मेला सम्पन्न गर्न ८३ लाख ७० हजार खर्च लाग्ने र २७ लाख ५० हजार रुपैया बचत हुने अनुमान गरिएको छ ।
क्यान कास्कीसँगको सहकार्यमा सुचना प्रविधि मेला पनि सँगै गर्न लागिएकाले यसपटक अनलाइन टिकट बुकिङ गर्नेलाई ५० प्रतिशत छुटको व्यस्वस्था समेत गरिएको छ । टिकट काटेर मेला प्रवेश गर्ने र सांगितिक कार्यक्रममा उत्कृष्ट नृत्य गर्ने एक जनालाई गृहलक्ष्मी कम्पनीको ग्यास समेत प्रदान गरिने भएको छ । मेला अन्तर्गत २२, २५, २८ र ३० गते उत्कृष्ट नाच्ने एक जनालाई भरिएको सिलिण्डर ग्यास उपहार प्रदान गरिनेछ ।
