पोखरामा लामो समयपछि असिनापानी

339
0
Share:

नवराज ढुङ्गाना
फागुन २२, पोखरा-
पोखरामा असिनासहित वर्षा भैरहेको छ । शनिबार दिउँसो ४ बजेपछि पोखरामा वर्षा सुरु भएको हो ।

निकै लामो समयपछि पोखरामा असिना परेको स्थानीय बासिन्दा कृष्ण लामिछानेले बताए । यसअघि हिउँदमा फाटफुट वर्षा भएपनि बर्षायामपछि ठूलो पानी परेको पोखरामा पहिलोपटक परेको हो ।

हिजोअस्ति भने सामान्य वर्षा भएको लामिछानेको भनाई छ ।

असिनासहित पानी परेपछि बाहिर काम गर्नेहरु र कामबिशेषले हिँडेकाहरु प्रभावित भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: