काँग्रेस सभापतिका लागि दोस्रो निर्वाचन २ बजेदेखि

257
0
Share:

काठमाडौँ, २४ फागुन-
नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा सभापति पदका लागि दोस्रो चरणको निर्वाचन आज दिउँसो हुने भएको छ ।
दिउँसो २ देखि ५ बजेसम्म राष्ट्रिय सभागृहमा मतदान हुने काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो ।
आइतबार भएको मतदानमा सभापतिका तीनवटै उम्मेदवारले बहुमत प्राप्त नगरेपछि पुनः मतदान हुन लागेको हो ।
सभापतिको दोस्रो निर्वाचनमा कार्यबाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाबीच प्रतिस्पर्धा हुनेभएको छ ।

अघिल्लो निर्वाचनमा महामन्त्री कृष्णप्रसाद सिटौलाले सबैभन्दा थोरै मत प्राप्त गरेपछि निर्वाचन प्रक्रियाबाट बाहिरिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
Share: