भेनेजुयलामा राष्ट्रपतिलाई पद छाड्न दबाब दिंदै प्रदर्शन

228
0
Share:

काठमाडौं, ३० फागुन –
भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोलाई पद छाड्न दबाब दिंदै विपक्षीले प्रदर्शन गरेका छन् ।
माडुरोलाई पदच्यूत गर्ने नयाँ अभियान अन्तर्गत प्रदर्शन गरिएको हो । मुलुकको आर्थिक संकटप्रति रुष्ट विपक्षी गठबन्धनले राजधानी काराकास लगायत अरु शहरमा पनि प्रदर्शन गरेका छन् ।
सडक संघर्षबाटै माडुरोलाई सत्ताबाट हटाउने विपक्षीको योजना छ । गत हप्ता मात्र विपक्षी गठबन्धनले जनमत संग्रह, राष्ट्रपतिको कार्यकाल छ बाट घटाएर चार वर्ष पार्ने, संविधान संशोधन गर्ने लगायत जुनसुकै उपायबाट माडुरोलाई हटाउने विकल्प अपनाइने जनाएका थिए ।
राष्ट्रपति माडुरो पनि आफ्ना उच्च अधिकारीविरुद्ध अमेरिकाले लगाएको प्रतिबन्धविरुद्धको सडकमा ओर्लिएका छन् । गत महिना मात्र २० वर्षमा पहिलो पटक भेनेजुयलाले पेट्रोलको मोल बढाएर प्रतिलिटर ६० सेन्ट पुर्‍याएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: