
इस्लामावाद, ५ चैत-
पाकिस्तानका पूर्वराष्ट्रपति एवम् सैनिक शासक परवेज मुसर्रफ उपचारको लागि शुक्रबार संयुक्त अरब इमिरेट्स, युएई पुगेका छन् ।
उनलाई अदालतले विदेश यात्रा गर्न लगाएको प्रातिबन्ध फुकुवा गरेपछि उनी त्यहाँ पुगेका हुन् । पाकिस्तानी अदालतले बुधबार मात्र उहाँलाई विदेश जाने अनुमति अदालतले दिएको थियो ।
मुसर्रफसँग यात्राका क्रममा साथमा रहेका सञ्चारकर्मीले उहाँको विमान दुबई विमानस्थलमा स्थानीय समयाअनुसार करिब ५ बजे अवतरण भएको बताएका छन् ।
पाकिस्तानी गृहमन्त्री चौधरी निसार अलि खानले बिहीबार मुसर्रफको नाम सङ्घीय सरकारको अनुमति विना देश बाहिर जान नपाउने भन्ने सूचीबाट हटाइएको घाषणा गरेका थिए ।
कडा सुरक्षाबीच पूर्वराष्ट्रपति मुसर्रफ स्थानीय समयाअनुसार ४ बजे कराची विमानस्थलबाट दुबहीतर्फ लागेका हुन् । सन् २००८ मा राष्ट्रपतिबाट हटेका मुसर्रफलाई सङ्घीय सरकारले देश बाहिर जान प्रतिबन्ध लगाएको थियो ।
उनी माथि कैयौँ अरु मुद्दालगायत राजद्रोह गरेको समेत आरोप लगाइएको थियो । उनको उपचारमा संलग्न चिकित्सक टोलीले उनलाई उपचार गर्न बाहिर जानुजर्ने आवश्यता देखाएपछि पाकिस्तान सरकारले बाहिर जाने अनुमति दिएको बताइएको छ ।
