
काठमाडौं, ६ चैत-
बेलायती राजकुमार हृयारी आज दिउँसो ३ बजे नेपाल आइपुग्ने भएका छन् ।
दिउँसो ३ बजे उनी कतार एयरवेजबाट काठमाडौं आउने कार्यक्रम रहेको बताइएको छ । ह्यारीको उनको भ्रमण टोलीमा बेलायती विदेश राज्यमन्त्री ह्युगो स्वायर तथा बेलायती सञ्चारमाध्यमका पत्रकार गरी ३० जनाभन्दा बढी रहनेछन् ।
काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै ह्यारीले आजै ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यतालिका रहेको छ ।
यस्तै, उनले भोली बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नेछन् ।
परराष्ट्रमन्त्री कमल थापाले नेपाल र बेलायतबीचको कुटनीतिक सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको अवसरमा शनिबार अपराह्न याक एन्ड यती होटलमा आयोजना गर्ने विशेष स्वागत समारोहमा पनि ह्यारी सहभागी हुँदैछन् ।
बेलायती राजपरिवारका १६ वर्षपछि नेपाल भ्रमण हुन लागेको हो । हृयारी गणतन्त्र स्थापनापछि नेपाल आउने पहिलो बेलायतका भिभिआइपी हुनेछन् ।
उनी काठमाडौं पछि पोखरा आउने त्यसपछि बर्दिया जाने कार्यक्रम छ ।
