होलीमा रमाए वेलायती राजकुमार ह्यारी (फोटो फिचर)

Share:

श्यामशीत्तल परियार
लमजुङ, ९ चैत्र-
पाँच दिने नेपाल भ्रमणमा आएका वेलायती राजकुमार ह्यारी सोमवार लमजुङको गौडास्थित भिरकुनामा हलिकोप्टरमार्फत अवतरण गरे । र पदयात्रा गर्दै उनी लेउरानी पुगे । उनलाई स्थानीयले विशेष सम्मानका साथै स्वागत गरे । लेउरानीमै रहेको ८७ वर्षिय मंगली तामाङको घरमा उनले सोमवारको रात विताए । मंगलवार विहान उनले लेउरानीवाटै सूर्योदयको अवलोकन समेत गरे ।
यस्तै, गौँडा १ ओखरीमा रहेको गौँडा माविका विद्यार्थी, शिक्षकका साथै स्थानीय आमा समुह र वावा समुह भने विद्यालय अवलोकनका लागि राजुकमार आउने आशामा हात हातमा फुलमाला लिएर उनलाई कुर्र्दै थिए । harry2
त्यही क्रममा विद्यलायका प्रधानाध्यपक उत्तरमान गुरुङले विद्यालय पुनः निर्माणका लागि गोर्खा वेलफेयर स्किमले सहयोग नगरेको भए १० कोठे पक्की भवन वन्न नसक्ने जनाए । ‘‘भुकम्पले क्षतिग्रस्त विद्यालयको पुन निर्माणको लागि गोर्खा वेलफेयरले गरेको सहयोग निकै स्मरणीय छ,” उनले भने ।
harry1
लेउरानीदेखी १ घण्टाको पैदल हिँडी राजकुमार ह्यारी गौँडा माविमा आईपुगे । खैरो पाईन्ट, क्याप, सेतो कमिज र सामान्य जुत्तामा सजिएका ह्यारीलाई स्थानीयहरुले पन्चेवाजाका साथमा फुलमालाले स्वागत गरे । उनी दुवै हात जोडी नमस्कार गर्दै विद्यालय प्रांगणमा प्रवेश गरे ।
त्यसपछि उनले, गोर्खा वेल्फेयर स्किमले पुनर्निमाण गरिरहेको गौंडा माविको अवलोकन गरे । र विद्यालयका विद्यार्थीहरुसंग मैत्रीपुर्ण भलिवल खेले । हँसिलो पारामा ह्यारी भलिवल खेल्दै थिए । ह्यारीको खेल देखेर उनलाई हेर्न आएकाहरु दंग थिए । उनीहरु ताली वजाउँदै भन्दै थिए, ‘‘राजकुमार त रसिला, हँसिला पो रैछन । सारै मज्जाले भलिवल पनि खेल्दा रहेछन ।”
harry3
राजकुमार ह्यारीसंग भलिवल खेल्न पाउँदा निकै खुशी मिलेको वताउँछन ह्यारी नेतृत्व टिमका एक खेलाडी हेमलाल थापा मगर ।
मैत्रीपुर्ण भलिवल खेलमा ह्यारी नेतृत्वको समूह नै विजयी वन्यो । विजयीपछि उत्साहित ह्यारीलाई फागु पुर्णिमाको अवसरमा ओखरीका पुष्पा, महिमा, अन्जु र सुजाता गुरुङले रातो अविर घसिदिए ।
उनी पनि के कम, ती युवतीहरुले ल्याएको किस्तीबाट अबिर झिकेर उनीहरुकै गाला रातै पारिदिए । पहिलेका वर्षहरुमा साथिसंगी मात्रै खेलिने होली अहिलेको साल भने ओखरी १ की सुजाता गुरुङको होली विशेष वनेको छ । कारण वेलायती राजकमार ह्यारीसंगको होली ।
त्यसपछि पूर्व गोर्खा सैनिक र अभिभावकहरुसँग पनि उनले होली खेले । केहीवेर राजकुमारलाई रङ लगाइदिने र उनीसँग फोटो खिच्ने माहोल चल्यो । harry4
मिलनसार, गाउँले परिवेश मन पराउने विदेशी राजुकुमारलाई आफ्नै गाउँमा प्रत्यक्ष देख्न/भेट्न पाउँदा गौँडा १ ओखारीका ६६ वर्षिय तुलसीराम गुरुङको खुशीको सीमा नै छैन ।
ओखारीमा भलिबल र होलीमा रमेपछि मंगलवार साढे १० बजे हेलिकोप्टरमार्फत उनी पोखरा उडेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: