छुरी प्रहार गरी आफ्नै हजुरआमाको हत्या गर्ने नाती कास्कीबाट पक्राउ

Share:

नवराज ढुङ्गाना
पोखरा, १६ चैत-
छुरी प्रहार गरी आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा कास्कीबाट प्रहरीले नातीलाई पक्राउ गरेको छ ।
मङ्गलबार बिहान कास्कीको कास्कीकोट गाविस वडा नं. ९ स्थित बासबोटका २१ बर्षीय मिन बहादुर कार्कीले ७९ बर्षीय हजुरआमा कली कार्कीलाई घाँटीमा छुरी हानेर हत्या गरेका थिए ।
घटना लगत्तै स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले कार्कीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका कार्कीलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: