पोखरा कप चैत ३० देखि, विजेतालाई ५ लाख ५५ हजार

Share:

पोखरा । पाँचौ संस्करणको पोखरा कप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको पुरस्कार राशीमा बृद्धि गरिएको छ । आयोजक कास्की जिल्ला फुटबल संघले विहिबार पोखरामा प्रतियोगिता बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पुरस्कार राशी बृद्धि गरिएको जानकारी दिएको हो । विजेताले नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

चौथो संस्करणमा ३ लाख ५५ हजार रुपैयाँ रहेको पुरस्कार राशीमा यस पटक १ लाख ४५ हजार बृद्धि गरि ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ पु¥याइएको एन्फा कास्कीका अध्यक्ष धरमबहादुर लामिछानेले जानकारी दिए । त्यस्तै उपविजेताले नगद २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । चौथो संस्करणको उपविजेताले २ लाख १ हजार प्राप्त गरेको थियो यस पटक ५४ हजार रुपैयाँ बृद्धि गरिएको अध्यक्ष लामिछानेले बताए ।

प्रतियोगिता चैत ३० देखि बैशाख ११ गतेसम्म पोखरा रगंशालामा गर्ने तयारी गरिएको एन्फा उपाध्यक्ष एवं प्रतियोगिता संयोजक मिलन गुरुङले जानकारी दिए । प्रतियोगितामा थ्रि स्टार, मनाङमस्याङर्दी, नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीको (एपिएफ), झापा ११, धरान ११, रुपन्देही ११, सिमरा ११ र पोखरा ११ सहभागी हुने पक्का भएको एन्फा कास्कीले जनाएको छ । प्रतियोगितामा सहभागी हुने दुई विदेशी टिम बारे कुराकानी भैरहेको भएपनि निश्चित नभएको अध्यक्ष लामिछानेले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले राष्ट्रिय खेलकुद परिषदबाट १ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे । उनले यस्ता प्रतियोगिताले फुटबल खेलको विकासमा महत्वपूर्ण योगदान पु¥याउने भएकाले पोखरा फुटबल क्रेजीहरुको शहर भएकाले खेल हेर्न आउने दर्शकको ब्यवस्थापन सहज रुपमा गर्न आग्रह गरे । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले एन्फाका पदाधिकारीहरु एकजुट भएर अगाडि बढे आफनो तर्फबाट हुनुपर्ने सवै प्रकारका सहयोग रहने बताए । पत्रकार सम्मेलनमा एन्फा उपाध्यक्ष मिलन गुरुङ, खेलकुद पत्रकार मञ्च कास्कीका कार्यबाहक अध्यक्ष सन्देश श्रेष्ठ, एन्फा सदस्य रामकृष्ण गोर्खाली लगायतले बोलेका थिए ।यसअघि सफल दुधको प्रायोजनमा पोखरा सफल कपबाट चौथो संस्करणबाट मनकामना दर्शक प्रालिसंग तिन वर्षको लागी सम्झौता भएपछि चौथो संस्करणबाट मनकामना पोखरा कपका नामबाट संचालन हुदै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: