दोलखामा ४.७ रेक्टर स्केलको भूकम्प

313
0
Share:

काठमाडौँ, २२ चैत-

दोलखा केन्द्रबिन्दु भएर आज पुनः अर्को परकम्प गएको छ ।

बिहान १० बजेर १६ मिनेट जाँदा ४.७ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि गत बिहीबार सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.० रिक्टर स्केलको परकम्प गएको थियो ।

गत वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४४४ परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: