देउरालीबासीको गुनासोः सचिव नियमित नबस्दा सानो कामका लागि पनि पोखरा धाउनुपर्यो

Share:

पोखरा, २२ चैत-
कास्कीको देउराली गाविसका स्थानीय बासिन्दाले गाविस सचिव नियमित कार्यालयमा नजाँदा सानोतिनो कामका लागि पनि पोखरा नै धाउनुपरेको गुनासो गरेका छन् ।
मानव अधिकार निगरानी समूह देउराली गाविसको आयोजनामा स्थानीय निकाय र सेवाग्राही निकायबीच भएको अन्तक्र्रिया कार्यक्रमका सहभागिहरुले यस्तो गुनासो गरेका हुन् ।
उनीहरुले स्वास्थ चौकीमा करिब १ बर्षसम्म पनि अनमीको दरबन्दी खाली हुँदा उपचारमा समस्या भएको भन्दै तत्काल पदपूर्तीका लागि पनि सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
कार्यक्रम बोल्दै अहेव ज्ञानप्रसाद भट्टराईले नाकाबन्दीका कारण आवश्यक औषधी दिन नसकिएको स्विकार्दै यसका लागि माथिल्लो निकायमा पहल भैरहेको बताए । स्वास्थ चौकीमा रिक्त दरबन्दीका लागी जनस्वास्थ्य कार्यलयलार्इ जानकारी गराइएको भएपनी कर्मचारी अभावका कारण पदपूर्ति हुन नसकेको उनले बताए ।
प्रहरी चौकी प्रमुख दिपक सिंह ठकुरीले स्थानीय तहमा शान्ति सुरक्षाको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा वडा नागरिक मञ्चका सदस्यहरुले सेवा प्रदायक निकायहरु समक्ष गुनासा राखेका थिए भने सम्बन्धित कार्यालयका प्रतिनिधिले जवाफ दिएका थिए । मानव अधिकार निगरानी समूहका अध्यक्ष टेक बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिव राजन खनालले गरेका थिए ।
कार्यक्रममा गाविस तहमा सेवा प्रदान गर्ने निकाय गाउँ विकास समिति , स्वास्थ चौकी, प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु सहित मानव अधिकार निगरानी समूहका पदाधिकारीहरुको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्
Share: