लोडसेडिङ दिनको ३ घण्टा घट्यो

235
0
Share:

काठमाडौं, २५ चैत-
लोडसेडिङ दिनको ३ घण्टा घटेको छ ।
नेपाल विद्युत प्राधिकरणले दैनिक १२ घण्टासम्म हुँदै आएको लोडसेडिङ अहिले अघोषितरुपमा घटाउँदै दैनिक ९ घण्टामा झारेको हो ।
गर्मी सुरु भएसँगै हिउँ पग्लिँदा नदीमा पानीको वहाव बढेपछि तालिकाभन्दा कम लोडसेडिङ हुन थालेको हो । तर औपचारिकरुपमा तालिका भने प्रकाशन गरिएको छैन ।

कमेन्ट गर्नुहोस्
Share: