
पोखरा, २७ चैत-
साइकल सिटी पोखराले नयाँ वर्ष २०७३ को अवसर पारेर बिग एफ.एम १०१.२ मेगाहर्जको सहकार्यमा यो वर्षको साइकल यात्रा स्याङ्जाको सिरुवारीसम्मका लागि तय गरेको छ । यात्रामा १५ जनाको टोली रहेका छन् ।
हरेक वर्ष जस्तै नयाँ वर्षको अवसरमा साइकलमा नै यात्रा गरेर सिरुवारीसम्म पुग्ने साइकल सिटी पोखराका अध्यक्ष प्रकाश बज्राचार्यले बताए । साइकलको प्रयोगकर्ताहरुको संख्या बढाउन र भुकम्प तथा नाकाबन्दी पछिको पर्यटनलाई साइकलको माध्यमबाट नै प्रवद्र्धन गर्ने आफूहरुको मुख्य लक्ष्य रहेको बज्राचार्यको भनाई छ ।
साइकल यात्राका लागि गएको टोली अहिले नौ डाँडामा पुगेको बज्राचार्यले बिग एफ.एफलाई टेलिफोनमार्फत् जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
