पोखरामा धादिङका पत्रकारहरू संगठित, अध्यक्षमा रञ्जन अधिकारी

Share:

बिग न्युज पोखरा १ वैशाख । धादिङ जन्मथलो र पोखरालाई कर्मथलो बनाई कास्कीका विभिन्न संचारमाध्यममा आबद्ध पत्रकारहरु संगठित भएका छन् । जिल्ला बाहिरका पत्रकारहरु पोखरामा संगठित भएको यो पहिलो हो । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रुद्रप्रसाद भट्टको समुपस्थितिमा पोखरामा बुधबार सम्पन्न भेलाले धादिङ पत्रकार समाज, पोखरा गठन गरेको छ ।

समाजको अध्यक्षमा रञ्जन अधिकारी सर्वसम्मत चयन भएका छन् । मूलपानी–७, धादिङ निवासी अधिकारी पोखराको आदर्श समाज दैनिक र बिग एफएममा आबद्ध छन् । सात वर्षअघि रेडियो अन्नपूर्णबाट उनले पत्रकारिता सुरु गरेका थिए । समाजको उपाध्यक्षमा माछापुच्छ«े एफएमका रमेश तिमिल्सिना, सचिवमा गोल्डेन न्युज दैनिकका हरि पन्त, सह–सचिवमा रेडियो लेखनाथका गंगालाल गुरुङ र कोषाध्यक्षमा रेडियो जननीकी मीना राना मगर चयन भएका छन् ।

यसैगरी समितिको सदस्यहरुमा अन्नपूर्ण पोष्टकी सफलता आचार्य, रेडियो बाराहीकी टीका थापा मगर, माछापुच्छ«े एफएमकी दुर्गा राना मगर, रेडियो सिटीकी पुनम थापा मगर, समाधान दैनिकका कुमार बस्नेत, फोटो पत्रकार जय सारु मगर, कार्यक्रम उत्पादक अजय तामाङ चयन भएका छन् । पदाधिकारी सहित १५ जना सदस्य रहने समितिमा ३ जना सदस्य पछि थप गर्ने बताइन्छ ।

समाजको प्रथम बैठकले सल्लाहकारमा मैदी–२ निवासी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र प्रसाद भट्ट, ज्यामरुङ घर भएका केदार धमलालाई मनोनित गरेको छ । साथै, समितिको पदेन सल्लाहकारमा धुँवाकोट निवासी धादिङ–पोखरा सम्पर्क समितिका अध्यक्ष झम्कबहादुर सारु मगर रहेका छन् ।

भेलामा बोल्दै प्रमुख अतिथि धादिङ–पोखरा सम्पर्क समितिका अध्यक्ष झम्कबहादुर सारु मगरले धादिङका पत्रकारहरु संगठित भएर नयाँवर्ष संगै धादिङवासीका लागि सुखद् सन्देश फैलाउन सफल भएको भन्दै खुशी व्यक्त गरे । उनले धादिङ पत्रकार समाज समितिका लागि पनि महत्वपूर्ण भएकाले समाजको रचनात्मक काममा सदैव सहयोग गर्न तत्पर रहेको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र प्रसाद भट्टले धादिङका पत्रकारको विचार जुनसुकै भएपनि संगठित भएर आवाज उठाउँदा विचार र वादलाई छाडेर अघि बढ्न सुझाव दिए । आफ्नो हक अधिकार, पेशा र संगठनको सुरक्षाका लागि एकतावद्ध भएर अघि बढ्न पनि उनले आग्रह गरे ।

भट्टले आफू सबै पत्रकारहरुको छाता संस्था पत्रकार महासंघमा रहेपनि धादिङका पत्रकारहरुका बारेमा अझ विशेष ढङ्गले सोच्ने स्पष्ट पार्दै रले उनले आफू जहाँ पुगेपनि आफ्नो संगठनको पहिचान नभुल्न आग्रह गर्दै पोखरामा रहेपनि धादिङ जिल्लाका गतिविधिमा समेत चासो देखाउनुपर्नेमा जोड दिए । पत्रकार केदार धमलाले पत्रकार समाज गठन भएकोमा खुशी व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
Share: