आफ्नै साथी हत्या गर्नेलाई १२ वर्ष पछि मात्रै पक्राउ गर्यो प्रहरीले

Share:

पोखरा, २ बैशाख-
१२ वर्ष अगाडि आफ्नै साथीको हत्या गरेर फरार भएका एक अभियुक्तलाई कास्की प्रहरीले पक्राउ गरेको छ । गोरखा मान्बु ८ घर भएका ३४ वर्षे बाला गुरुङलाई प्रहरीले पक्राऊ गरेको हो । पुराना अपराधहरुको अनुसन्धान तथा फरार अभियूक्तहरुको खोजतलाश गर्ने कास्की प्रहरीको कार्ययोजना अनुसार चलेको अभियानको क्रममा गुरुङ पक्राउ परेका हुन् ।

गुरुङलाई गोरखाको मान्बुबाटै प्रहरीले पक्राउ गरेको जनाएको छ । बाला गुरुङले १२ वर्ष अगाडि आफुसँगै ट्रेकिङ पोर्टर (भरिया)को काम गर्दै आएका सुकबहादुर गुरुङलाई मारेको अभियोग लागेको थियो । उनले २०६० साल कात्तिक ६ गते नागढुङगामा ब्लक र ढुङगाले टाउको प्रहार गरि गम्भिर घाईते बनाएर फरार भएको थिए । तत्कालिन समयमा सुकबहादुरको उपचारको क्रममा मृत्यु भएको थियो ।

पुर्व रिसीईवीका कारणले बाला गुरुङले सुकबहादुरको हत्या गरेको खुलेको छ । त्यस पछि फरार भएका बाला भारतको दिल्लीमा गई बसेको खुल्न आएको छ । विगत एक महिना यता उनी आफ्नै घर आएको र लुकिछिपी बसिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले उनको खोजी गरेको थियो । कास्की प्रहरीले उनलाई गोरखा प्रहरीसँग समन्वय गरि पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: