अचम्म : पोखरामा नौ दिनसम्म अक्सिजनबिना समाधि बसेका सिध्दबाबा कृष्णदास जीवितै निस्किए

Share:

माधब भुसाल
बैशाख ३ पोखरा
अक्सिजन भनेको कुनै पनि सजिव प्राणीका लागी अत्यावश्यक हो । अक्सिजनविना हामि एकैछिन पनि बस्न सक्दैनौ । तर पोखरामा अचम्म भएको छ ।
अक्सिजनबिना नै समाधि बसेका सिध्दबाबा कृष्णदास नौ दिनपछि ब्युँझेका छन् । गत चैत २६ गते शुक्रबारदेखि पोखराको रामघाटस्थित नरनारायण स्थानमा बसेका उनलाई वैशाख ३ गते शुक्रबार बन्द बाकसबाट निकालिएको छ ।
उनी सुतेको काठको बाकस अक्सिजन छिर्नै नसक्ने गरी प्लास्टिकले समेत बाहिरबाट बन्द गरी माटोले पुरिएको थियो । बिहान ९ बजेर ५५ मीनेटमा ब्युँझेका उनलाई निकाल्न पौने १० बजेबाटै बाकस खोल्न सुरू गरिएको थियो ।
बाकस खोलिएको दृश्य हेर्न त्यहाँ हजारौं पोखरेलीको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: