धेरै आगलागी हुन थालेपछि आगोबाट बच्ने र बचाउने तरिका सिकाइयो

Share:

पर्वत, ४ बैशाख-
उत्तरी पर्वतको धाईरिङ्ग ५ स्थित महिला सुधार आमा समुहको भवनमा आगालागी सम्वन्धी अन्तरक्रिया तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी चौकी मिलनचोक पर्वत र सोही आमा समुहको सयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । गाविस सचिब दुर्गा प्रसाद शर्माको अध्यक्षता र जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक गंगा पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वन जंगलमा आगोलागी वाट हुने वेफाईदा , आगोलागीवाट वच्ने र वचाउने उपाय सम्वन्धी जनचेतनामुलक तथा अन्तक्रिया गरिएको थियो ।
कार्यक्रममा फागुन २८ गते स्थानिय जंगलमा आगोलागी हुँदा घर जलि पिडित घर परिवारलाई हाल पाल्पा अध्ययन रत विधार्थी श्रेया न्यौपाने र काठमाडौ निवासी दधी न्यौपाने वाट प्राप्त नगद ५ हजारका दरले २० हजार र सोही परिवारका विधार्थी ७ जनालाई नगद ५ सयका दरले ३ हजार ५ सय र झोला कापि कलम हरु समेत वितरण गरिएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: