पुनःनिर्माणसँगै अस्थायी बसोबासको व्यवस्था गरिन्छ: गृहमन्त्री बस्नेत

Share:

काठमाडौँ, ६ वैशाख-
गृहमन्त्री शक्तिबहादुर बस्नेतले ढिलै भए पनि भूकम्पपीडितका लागि पुनः निर्माण महाअभियानको कार्यक्रमसँगै चाँडै अस्थायी बसोबासको व्यवस्था गरिने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले पुनः निर्माणको कार्यक्रम सम्पन्न गर्न चार वर्षसम्म लाग्ने भएकाले बर्सात सुरु हुनुअगावै अस्थायी बसोबासको व्यवस्था गरिने जानकारी दिएका हुन् ।
वर्तमान संविधान परिवर्तनशील र अग्रगामी भएको चर्चा गर्दै उहाँले मधेसवादी दलको केही माग पूरा भइसकको र अन्य माग पनि सहमतिकै आधारमा टुङ्ग्याउन सकिने बताए ।
गृह मन्त्री बस्नेतले भएकाले आन्दोलतरत समूहलाई छलफल, संवाद र अन्तरक्रियामा सहभागी भई समस्याको समाधान खोज्न आग्रह गरे ।
सङ्घीयताबमोजिम आन्तरिक सुरक्षासम्बन्धी कानुन तर्जुृमा भइसकेको जानकारी दिँदै गृहमन्त्री बस्नेतले सोही बमोजिम गृह प्रशासन र सुरक्षा निकायको पनि पुनःसंरचना गरिने जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: