पोखरा विश्वविद्यालयको १३ औं दीक्षान्त समारोहमा करिब ४५ सय विद्यार्थी दीक्षित हुँदै

Share:

बैशाख ६, पोखरा-
पोखरा विश्वविद्यालयको १३ औं दीक्षान्त समारोह यही बैशाख ८ गते विश्वविद्यालयको प्राङ्गण, लेखनाथ–१२, खुदी, ढुङ्ेगपाटनमा हुँदैछ ।
दीक्षान्त समारोहलाई सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलीले अध्यक्षता गर्नुहुने छ । राष्टकवि माधवप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा हुन गईरहेको १३ औं दीक्षान्त समारोहमा माननीय शिक्षामन्त्री एवम् विश्वविद्यालयका सह–कुलपति गिरिराजमणि पोखरेलको समेत उपस्थिति रहने छ । राष्ट्रिय गानका साथ सञ्चालन हुने उक्त दीक्षान्त समारोहलाई विश्वविद्यालयका उपकुलपतिबाट स्वागत मन्तव्य तथा प्रमुख अतिथि, सह–कुलपति र कुलपतिले सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
पोखरा विश्वविद्यालयको ते¥हौं दीक्षान्त समारोहमा २०७२ चैत्र मसान्तसम्म ट्रान्स्क्रिप्ट लिएका स्नातकतहअन्तर्गत व्यवस्थापन विषयका २,६२७ जना, इञ्जिनियरिङ् विषयका ७९१ जना, स्वास्थ्य विज्ञान विषयका ३९५ जना, मानविकी विषयका २३ जना तथा स्नातकोत्तरतहअन्तर्गतका विषयका ६३७ जना र एम.फिल विषयका २० जना गरी कुल ४,४९३ जना विद्यार्थी दीक्षित हुँदैछन् ।
दीक्षित हुने विद्यार्थीहरूलाई विशिष्ट महानुभावहरू, अभिभावकहरू लगायतको रोहवरमा सपथ दिलाउँदै प्रमाणपत्र एवम् पदकहरू वितरण गरिने छ ।

 

कमेन्ट गर्नुहोस्
Share: