
पर्बत बशाख ६
एसएलसी परिक्षा दिएपछि उच्च शिक्षामा विज्ञान संकायमा अध्ययन गर्नका लागि तयारी स्वरुप पढिने बृज कोर्ष पढ्न हजारौ खर्च गरेर पोखरा, काठमाडौ जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै यहाँको एक विकट गाउँमा विद्यालयमा बृज कोर्षको कक्षा संचालन गरिएको छ ।
जिल्लाकै पुरानो विधालय भवानि विद्यापिठ उच्च माध्यमिक विद्यालयमा बृज कोर्षको पढाई शुरु भएको हो । २०७२ सालको एसएलसी परिक्षामा सहभागि भएर बसेका विज्ञान संकायमा अध्यन गर्न चाहने विद्यार्थीका लागि विद्यालयले गाउँमै बृज कोर्ष पढ्ने व्यवस्था मिलाएको हो ।
प्रवेशिका परिक्षा दिएर वसेका विद्यार्थीहरुलाई विज्ञान संकाय अध्यन गर्न सजिलो होस भन्ने उद्देश्य सहित जिल्लामै पहिलोपटक त्यो पनि गाउँमा बृज कोर्षको कक्षा संचालन गरिएको विद्यालयका प्राचार्य अर्जुनकुमार रेग्मीले जानकारी दिए । उक्त विद्यालयमा विगत चार वर्षदेखि विज्ञान संकायमा कक्षा ११ र १२ मा पढाई हुँदै आएको छ ।
आइतवारदेखि संचालित बृज कोर्ष अध्ययनका लागि खानीगाउँ, देविस्थान, मुडिकुवा, कुर्घा, लिमिठाना, ठानामौला, शंकरपोखरी लगायतका गाविसका ५० भन्दा बढिको सहभागिता रहेको बताइएको छ ।
बृज कोर्ष कक्षाको शुभारम्भ लिटिल सिस्टर फाउण्ड अमेरिकाका निर्देशक उषा आचार्यले सहभागि विद्यार्थीहरुलाई भविष्यमा उच्च शिक्षा हासिल गर्नका लागि बृज कोर्षले ठुलो भूमिका खेल्ने बताईन । उनले आर्थिक अभावका कारण शहर बजारमा जान नसक्नेहरुलाई लक्षित गरि गाउँकै विद्यालयमा पढ्ने व्यवस्था मिलाईएको बताईन ।
बृज कोर्ष विज्ञान विषय अध्यनको प्रारम्भिक चरणनै भएकोले विज्ञान विषय अध्ययन गर्न चाहने सवै विद्यार्थिहरुलाई सहभाागि हुन आग्रह गरिन् । विद्यालयका श्रोत व्यक्ति पदमपाणि भुसालले विद्यार्थीहरुको पहिलो विद्यालय घर नै भएको भन्दै अभिभावक सचेत वने वालवालिका सफल वन्ने वताए ।
विक्रम सम्वत २०१० सालमा स्थापना भएको विद्यालयले २०६९ साल देखि विज्ञान संकाय संचालन गर्दै आयको थियो । विज्ञान संकायकै पहिलो वर्ष कक्षा ११मा अध्यनरत २० जना विधार्थीहरु मध्ये १९ जना उतिर्ण हुन सफल भएका थिए । दोस्रो वर्ष २२ जना मध्ये १८ जना उतिर्ण तेस्रो वर्ष २६ जनामा २३ जनालाई उतिर्ण भएका थिए । उक्त विद्यालयले २०६९ सालको एसएलसी परीक्षामा जिल्लामा नै सर्वोत्कृष्ट भई जिल्ला शिक्षा कार्यालय पर्वतवाट नगद पाच लाख रुपयाँ पाउन सफल भिएका थियो ।
