‘गुडलक ७३’ मार्फत् पाँच जनाले जिते मोबाइल उपहार

Share:

नवराज ढुङ्गाना
पोखरा, ७ बैशाख-
नयाँ वर्ष २०७३ को अवसर पारेर बिग एफएमले आयोजना गरेको रेडियो गेम शो ‘गुडलक ७३’ अन्तरगत पाँच जनाले मोबाईल उपहार जितेका छन् ।
बैशाख १ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको रेडियो गेम शो मार्फत् हरेक दिन लक्की ड्र बाट पाँच जनालाई छनौट गरिएको हो ।
विजेताहरुमा कास्की थुमाकोडाँडाका शम्भूशरण सापकोटा, ढिकुरपोखरीका शालिकराम पौडेल, स्याङ्जा रापाकोटका ईश्वरी चापाँगाई, लमजुङका प्रविण थापा र पोखरा नदीपुरकी सुष्मिता पुन रहेका छन् ।
हरेक अवसरलाई स्रोताहरुसँगै विशेष बनाउनका लागि एफएमले यस्ता खाले ईभेन्ट गर्दै आएको जनाएको छ । हरेक दिन एफएमले सोध्ने प्रश्नको एसएमएसमार्फत सहि उत्तर पठाउने श्रोताहरुलाई प्रत्येक दिन साँझ ८ बजे लक्की ड्र गरेर विजेता घोषणा गरिएको थियो ।
विजेताहरुलाई बिशेष कार्यक्रम आयोजना गरी पुरस्कार वितरण गरिने विग एफएमका अध्यक्ष महेश भण्डारीले जानकारी दिए ।
यो सँस्करणको नयाँ वर्षे ईभेन्टका लागि स्यालुट गोर्खा ट्रेनिङ सेन्टर र हेल्दी टिफिन बेकरीले व्यावसायिक सहकार्य गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: