
काठमाडौँ, ११ वैशाख-
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले भारतीय अघोषित नाकाबन्दीका कारण आपूर्तिमा बदमासी गर्नेलाई सरकारले कारबाही गर्ने बताएका छन् ।
उनले बजारमा आपूर्ति सहज भएन भन्ने कुरा आइरहेको भन्दै आपूर्तिमा बदमासी गर्नेलाई कारबाही गर्ने चेतावनी दिए ।
मन्त्री पोखरेलले भूकम्प, भारतीय नाकाबन्दी, तराई आन्दोलनजस्ता चुनौतीकाबीच पनि सरकारले काम अघि बढाइरहेको पनि बताए ।
नेपालको पर्यटनको विकासका लागि पूर्वाधार, सुरक्षा र गुणस्तरीय सेवामा लागि सरकारले काम गरिरहेको र आगामी दिनमा यसलाई थप सुधार गर्दै लैजाने तयारी भएको जानकारी दिए ।
“सिद्धार्थ गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने संसारमा सबैलाई थाहा छ, किताबमा लेखिएका कमजोरी सच्याउनुपर्छ, बुद्धको मुहान नै नेपाल हो”– उनले बताए ।
