थाइल्यान्डका पूर्व प्रधानमन्त्री बानहार्न सिल्पा आर्चाको निधन

Share:

बैंकक, ११ वैशाख-
थाइल्यान्डका पूर्व प्रधानमन्त्री बानहार्न सिल्पा आचाको शनिबार मृत्यु भएको छ । उनको ८३ वर्षको उमेरमा दमको रोगबाट मृत्यु भएको बताइएको छ ।

बानहार्न सिरीराज अस्पतालमा गत बिहीबारबाट भर्ना भएका थिए । उनको पूर्वमन्त्री परिषद्को सदस्य कन्चाना सिल्पा आचासहित तीन सन्तान रहेका छन् ।

सन् १९९५ मा भएको निर्वाचनमा बानहार्न थाइल्यान्डको २१ औँ प्रधानमन्त्रीमा नियुक्त भएका थिए । बैंककबाट करिब १ सय किलोमिटर उत्तरपश्चिममा पर्ने सुपानबुरी प्रान्तमा उनको निवास रहेकोछ ।

उनले सन्. १९९५ मा चार्ट थाई पार्टीको तर्फबाट प्रधानमन्त्रीको पदमा विजय हासिल गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: