बिहे भोज खानका लागि हिँडेको जीप दुर्घटना, एकजनाको मृत्यु, ९ घाईते

Share:

पर्वत, १४ बैशाख-
बिहे भोज खानका लागि हिडेको जीप दुर्घटना हुँदा दक्षिण पर्वतको हुवास गाविस–९ करादीमा मंगलवार दिउँसो १ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परि ९ जना घाईते भएका छन् जस मध्ये तीनको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनामा परि स्याङ्जाको कालीकाकोट गाविस–९ की ५५ वर्षिया कृष्ण कुमारी खाम्जाको घटनास्थलमै ज्यान गएको छ । स्याङ्जाको कालीकाकोट गाविसदेखि दक्षिण पर्वतको त्रिवेणी गाविसतर्फ जाँदै गरेको ग १ ज२४८५ नम्वरको जीप दुर्घटनामा परेको हो । साँघुरो सडकमा घुम्तीमा मोड्ने क्रममा सडकभन्दा ४० मिटर तल मकैबारीमा बस खसेको थियो ।

दुर्घटनामा परि गम्भीर घाईते भएकाहरुलाई उपचारका लागि स्याङ्जाको वालिङतर्फ लगिएको इलाका प्रहरी कार्यालय हुवासका प्रमुख प्रहरी निरिक्षक खगेन्द्र खड्काले जानकारी दिए ।

घाईते भएका कुमार खाम्जा, चोकमाया खाम्जा र पुर्णकला खाम्जाको अवस्था गम्भीर रहेको छ । अन्यको अवस्था भने सामान्य रहेको र उनिहरुको हुवास स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरी निरिक्षक खड्काले जानकारी दिए । घाईते हुनेहरु सवै कालीकाकोट गाविस–९ का रहेका छन् । जीपका चालक कुमबहादुर खाम्जा प्रहरीको नियन्त्रणमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: