लागुऔषधसहित दुई टिनएजर्स युवा पक्राउ

Share:

पोखरा, १४ बैशाख –
कास्की प्रहरीले लागु औषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत कुश्मा १० शिवालयचोकका १६ वर्षिय मनिष गुरुङ र सोहि ठाऊँका अर्का १६ वर्षिय युवा अभिशेक गुरुङ रहेको प्रहरीले जनाएको छ ।

बगर प्रहरीले उनीहरुलाई बागलुङ बसपार्कबाट पक्राउ गरेको हो । शंकास्पद लागेपछि प्रहरीले उनीहरुलाई खानतलाशी गरेको थियो । उनीहरुको साथबाट प्रहरीले निट्रोसन ट्याब्लेट ३६ थान, फेनेरागन १४ थान र नुर्फिन १४ थान बरामद गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: