सिंहदरबार घेर्न तमुवानबाट एक सय बस जाने

Share:

पोखरा, २३ बैशाख-
२६ बुँदे मागसहित संयुक्त राष्ट्रिय जनआन्दोलनकम सम्बद्ध २८ दल तथा विभिन्न मोर्चाहरुको आन्दोलन अन्र्तगत विहीवार तमुवानको राजधानी पोखरामा बृहत अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका वक्ताहरुले तमुवान प्राप्ति नहुञ्जेल आन्दोलन गर्नुपर्ने जोड दिदै तत्काल संविधान पुर्नलेखन वा संशोधन गरी २६ बुँदे मागलाई सम्बोधन गर्न माग गरे । पहिचान र अधिकार सुनिश्चितता नभएको संविधान स्विकार नगर्ने उनीहरुको भनाई थियो ।
कार्यक्रमका प्रमुख अतिथि तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङले तमुवान सहितको पहिचान र अधिकार सुनिश्चितता भएको संविधान पुर्नलेखन नगरिए जबरजस्त जारी गरिएको जनैवादी संविधानको कुनै पनि हालतमा स्विकार नगर्ने बताए ।
विगतमा बेग्ला बेग्लै मोर्चागत आन्दोलन गरिरहेको शक्तिहरु संघीय गठबन्धन निर्माण गरी २६ बुँदे मागसहित आन्दोलित छ, गठबन्धनको आन्दोलनलाई कमजोर ठान्नेहरु आफै समाप्त हुने चेतावनी दिए ।
तमुवानका अगुवा गणेशमान गुरुङले संघीय गठबन्धन निर्माणका लागि तमुवानको महत्वपूर्ण भुमिका रहेको चर्चा गर्दै संविधान पुर्नलेखन गरी गठबन्धनको २६ बुँदे माग सम्बोधन गर्नुपर्ने बताए ।
यसैविच जेठ १ गते काठमाडौं जाऔं, सिंहदरबार घेरौं आन्दोलनमा सहभागी हुन तमुवानबाट एक सय बस काठमाडौं जाने तमुवान संयुक्त संघर्ष समितिले तयारी गरेको छ । अधिकारको आन्दोलनमा विभिन्न आन्दोलनरत मोर्चा, समुदाय, दलहरुलाई सिंहदरबार घेराउ कार्यक्रममा बृहत सहभागीता गराउने तयारीमा जुटेको तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङले बताए ।

कमेन्ट गर्नुहोस्
Share: