सरकारले अाज नीति तथा कार्यक्रम ल्याउँदै

264
0
Share:

काठमाडौं, २६ बैशाख-

सरकारको आगामी आर्थिक वर्ष २०७३/०७४ का लागि नीति तथा कार्यक्रम ल्याउँदैछ । आज संसद् भवनमा राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् सरकारको नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरिएको छ ।

राष्ट्रपति भण्डारीले दिउँसो ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधन गर्नुहुने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

नीति तथा कार्यक्रममा संविधान कार्यान्वयन, भूकम्पले पुर्‍याएको भौतिक क्षतिको पुनःनिर्माण, भूकम्पपीडितलाई राहत, स्थानीय निकायको निर्वाचनको तयारी, सामाजिक सुरक्षाजस्ता महत्वपूर्ण विषय समेटिएको छ ।

आर्थिक समृद्धि, ऊर्जा विकास, पर्यटन प्रवद्र्धन, कृषिको व्यवसायीकरण, स्वास्थ्य सेवा सुदृढीकरण, भौतिक पूर्वाधार विकास, शान्ति सुरक्षा, कूटनीतिक सम्बन्ध सुदृढीकरणजस्ता विषयलाई पनि नीति तथा कार्यक्रममा सम्बोधन हुने सरकारले जनाएको छ ।

नीति तथा कार्यक्रममाथि संसदमा दुई दिन छलफल हुने र त्यसपछि प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: