
रञ्जन अधिकारी पोखरा, २९ वैशाख / कास्की जिल्ला अदालतले लक्ष्यभन्दा बढि मुद्धा फछ्र्यौट गरेको जनाएको छ । आर्थिक वर्ष २०७२।०७३ को चैत्र मसान्तसम्म २ हजार ९७ नयाँ मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका १ हजार ४ मुद्दा गरी चैत्र मसान्तसम्म कुल ३ हजार १ सय ८६ मुद्दा रहेकोमा १ हजार ७ सय १२ थान मुद्दा फछ्र्यौट भएको अदालतले जनाएको छ ।
अदालतले बुधबार पोखरामा सञ्चारकर्मीसँग अन्र्त्क्रिया कार्यक्रमको आयोजना गरी चैत्र मसान्त सम्म फछ्र्यौटहुन बाँकी मुद्दा १ हजार ३ सय ८९ रहेको जनायो । यस मध्ये १६ थान दुई वर्ष नाघेको मुद्दा हुन्् । अदालतले चैत्र मसान्त सम्म १ हजार ३ सय ६१ थान मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखेकोमा लक्ष्य भन्दा ३ सय ५० थान मुद्दा बढी फछ्र्यौट भएको छ ।
मुद्दा मध्ये सबैभन्दा बढि सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने गरेको र फछ्र्यौट पनि सम्बन्धविच्छेदकै मुद्दा बढि भएको अदालतको तथ्यांकले देखाएको छ । चैत्र मसान्तसम्म सम्बन्धविच्छेदका ५ सय ३६ थान लगत रहेकोमा ४ सय १५ थान फछ्र्यौट भई बाँकी १ सय २१ रहेको छ । जबरजस्ती करणी सम्बन्धि ४२ थान मुद्दाको लगत रहेकोमा २५ थान फछ्र्यौट हुदाँ १७ थान फछ्र्यौट हुन बाँकी देखिन्छ । यसैगरी नाताकायम मुद्दाको लगत १ सय ७९ रहेकोमा १ सय ७२ थान फछ्र्यौट भई ७ थान फछ्र्यौट हुन बाँकी देखिन्छ । यो अवधिमा मानाचामलका ८७ नाथ मुद्दाकमो लगत रहेकोमा ३१ थान फछ्र्यौट भई ५६ थान फछ्र्यौट हुन बाँकी रहेको श्रेष्तेदार कृष्णप्रसाद नेपालले जानकारी दिए ।
यसैगरी ३४ थान सवारी ज्यान मुद्दाको लगत रहेकोमा ३४ नाथ फछ्र्यौटभई ३ थान फछ्र्यौट हुन बाँकी देखिन्छ । जुवा सम्बन्धि १४ थान मुद्दा दर्ता भएकोमा १४ थान मुद्दानै फछ्र्यौट भएका छन् । बहुविवाह सम्बन्धि १८ थान मुद्दा दर्ता भई ३ थान मुद्दा फछ्र्यौट हुन बाँकी छ । साधारण चोरी सम्बन्धि २३ थान मुद्दाको लगत रहेकोमा १८ थान फछ्र्यौट भई ५ थान बाँकी रहेको छ । गाली बेइज्जती सम्बन्धि २६ थान मुद्दा दर्ता भएकोमा १० थान फछ्र्यौट भई १६ थान मुद्दा फछ्र्यौट हुन बाँकी रहेका छन् । मानव बेचविखन सम्बन्धि ८ थान मुद्दा दर्ता भएकोमा ४ थान मुद्दा फछ्र्यौट भई ४ थान फछ्र्यौटहुन बाँकी रहेको छ । फैसला कार्यान्वयन तर्फ चैत्र मसान्तसम्म १ सय २४ थान निवेदन फछ्र्यौटगर्ने लक्ष्य राखिएकोमा लक्ष्य भन्दा ६ थान कम निवेदन फछ्र्यौटभएको कास्की जिल्ला अदालतको तहसिल शाखाले जनाएको छ ।
यो आर्थीक वर्ष चैत्र मसान्त सम्म १ सय ७ थान मुद्दा मेलमिलाप केन्द्रमा पठाइएको मा १३ थान मुद्दा मेलमिलाप केन्द्रबाट मिलापत्र भएका छन् । हालसम्म अदालतबाट ३ सय ८८ वटा अधिकृत वारेसनामा प्रमाणित भएका छन् । अदालतमा गत माघ ४ गतेबाट सुरु गरिएको निशुल्क निवेदन हाल सम्म १ हजार ३ सय १२ सेवाग्राहीले भरेको न्यायमा पहुँच शाखाले जनाएको छ । अदालतमा हालसम्म ९२ थान अनलाइन म्याद तामेलीको लागि म्याद प्राप्त भएको ८८ थान म्याद तामेल भई पठाइसकिएको देखिन्छ । कास्की जिल्ला अदालतमा झण्डै ५० हजार मुद्दा अभिलेख शाखामा रहेकोमा २० हजार सफ्टटवयरमा प्रविष्ट गर्ने कार्य भई सकेको छ । बाँकीलाई पनि सफ्टवयरमा प्रविष्ट गरिने अदालतले जनाएको छ ।
अन्र्तक्रिया कार्यक्रममा कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीश शेखर प्रसाद पौडेल, अतिरिक्त जिल्ला न्यायाधीशहरु अनन्त राज डुम्रे, नागेन्द्रलाल कर्ण, नरिश्वर भण्डारी, नारायण प्रसाद दाहाल, विष्णु प्रसाद गौतम र स्रेस्तेदार कृष्ण प्रसाद नेपालले सञ्चारकर्मीको जिज्ञासा मेटाएका थिए । उनीहरुले आगामी दिनमा अदालतले गर्ने कार्यहरुको बारेमा समेत सञ्चारकर्मीलाई जानकारी गराएका थिए । सञ्चारकर्मीहरुले अदालतकी कामकारबाही छिटो हुनुपर्ने, सेवाग्राही र न्यायको पखाईमा रहनेहरुको हितलाई सोचेर काम गर्नुपर्ने, विचौलिया हावी भएकाले यसको निषेध गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।
अदालतका न्यायाधिश शेखरप्रसाद पौडेलले अदालतमा जुई जना न्यायाधिशको स्थानमा छ जना भएको र एउटाका लागि कम्तिमा आठ कर्मचारी चाहिने भएकाले कर्मचारीको अभावमा कार्यसम्पादन राम्रो हुन नसकेको जनाए । उनले यो राष्ट्रव्यापी समस्या रहेको जनाउँदै दरबन्दी माग गरेपनि अहिलेसम्म पूर्ति नभएको बताए । अदालतमा पुर्वाधारको कमी, मेलमिलाप तथा थुनुवा कक्षको अभाव, पुस्तकालय कक्ष नहुनु लगायतको अभाव रहेको जनाए ।
