वाल संरक्षणमा जुट्दै लमजुङका धार्मिक गुरुहरु

Share:

श्यामशीत्तल परियार÷लमजुङ वैशाख ३०
विभिन्न धर्मका धर्मगुरु सहितको एक धार्मिक टोली मंगलवार लमजुङको वेसीशहरमा आयेजित कार्यशाला गोष्ठीमा जम्मा भए । र धर्मकै माध्यमवाट वाल संरक्षण गर्ने विषयमा व्यापक छलफल गरे । वालवालिकाहरुले घर, विद्यायल र समाजवाटै विभिन्न किसिमका हिंसाहरुको शिकार वन्दै गएकोप्रति उनीहरुले चिन्ता गहिरो चिन्ता व्यक्त गरे ।
ति समस्याहरुलाई विभिन्न धर्मका माध्यमवाट न्युनिकरण गरी वाल संरक्षणमा टेपा पुर्याउने हेतुले धार्मिक गोष्ठी चलाईएको वल्र्ड भिजन लमजुङका म्यानेजर जोयल तामाङ वताउँछन ।
‘‘केही अनुयायीहरुले धर्मलाई आफ्नो अनकुलतामा गलत व्याख्या गरेका पाईन्छ,” उनले भने, ‘‘ती गलत व्याख्यालाई चिर्दै धर्म गुरुहरुले आफ्नो समुदायमा गई यसवारे सचेतना जगाउन् भनेर गोष्ठ िचलाईएको हो ।”
गोष्ठीमा हिन्दु, वौद्ध, ईशाई र ईस्लाम धर्ममा आस्था राख्ने गरी झण्डै ३८ जना सहभागी थिए । गोष्ठीमा धर्मको कुरा नगरी वाल संरक्षणका कुरालाई फोकस गरीएको र यसले वाल संरक्षणका कुराहरु समुदायसम्म पुर्याउन थप सहयोग गर्नेे विश्वास छ गोष्ठीमा प्रशिक्षकको भुमिका निर्वाह गरेकी वाल संरक्षण विशेषज्ञ अर्पणा रोङगोङको ।
‘‘वाल क्षेत्रमा धेरै समस्यामहरु विद्यमान छन,” उनले भनिन्, ‘‘यसलाई धर्मका माध्यमवाट चिर्न सकिन्छ ।”
गोष्ठी चेस नेपालको आयोजना र वल्र्ड भिजनको सहयोगमा संचालन गरिएको हो ।
वालवालिका देश विकासका वलिया मेरुदण्ड मानिन्छन । त्यसैले पनि उनीहरुको हक अधिकारी सुनिश्चित गरिनु आजको आवश्यकता हो । गाउँघर समाजमा उनीहरुमाथि हुने अन्याय, अत्याचार रोकिनु र दोषीलाई कडा कार्वाही गरिनु आवश्यक छ ।
गोष्ठीमा सहभागी भएका विभिन्न धर्मका धर्मगुरुहरुलाई तपाईको धार्मिक ग्रन्थमा वाल संरक्षणका पक्षमा के कस्ता कुरा उल्लेख छन ? भनी जिज्ञासा राख्दा उनीहरुले सवै धर्ममा वाल संरक्षणका पक्षमा उल्लेखित कुराहरु मिल्दोजुलदो रहेको वताए ।
सम्पुर्ण वालवालिका सुरक्षित वातावरणमा हुर्कन, पढ्न, वढ्न र वाँच्न पाउनुपर्छ । त्यसका लागि हामी आफ्नो धर्मको माध्यमवाट समदुायमा चेतना जगाउँछौ,” उनीहरुले विश्वास दिलाए ।
नेपाल विविधतामा एकता भएको देश । यहाँ अनेक रहनसहन, भाषाभाषी र धर्मका मासिनहरुको वसोवास छ । जुन धर्म मानेतापनि हामी नेपाली आपसमा मिलेर वसेका छौँ । सवै धर्मले सत्कर्मको वाटो हिँड्न सिकाउँछ । वाल संरक्षणका पक्षमा सवै धर्मले चर्चा गरेका छन । ती कुराहरलाई आआफ्नो समुदायमा वुझाई धर्मको माध्यमवाट वाल संरक्षण गर्न सकेको खण्डमा मात्रै सभ्य सुन्दर समाजको निर्माण हुन सक्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्
Share: