सबै मृगौला राेगीकाे डाइलासिस सरकारले अब नि:शुल्क गरिदिने

278
0
Share:

काठमाडौं, ३१ वैशाख –

मृगौलाका बिरामीलाई निःशुल्क डायलासिस सेवा दिने सरकारको कदम स्वागतयोग्य भएपनि कार्यान्वयनमा चुनौती देखिएको विशेषज्ञले बताएका छन् । डायलासिस सेवा देशका धेरै क्षेत्रमा नपुगेकाले कार्यान्वयनमा चुनौती देखिएको हो ।

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठका अनुसार देशका सबै अञ्चलस्तरीय अस्पतालमा डायलासिस सेवा विस्तार भए पछि मात्र बिरामीले राहत पाउने छन् । सेवा नपुगेका क्षेत्रका बिरामी अर्को ठाउँमा उपचारका लागि जानु पर्ने हुँदा आर्थिक भार पर्ने र उपचारमा नपुग्ने सम्भावना धेरै भएको उहाँले बताउनुभयो ।

सरकारले हिजो डायलासिस निःशुल्क गर्ने घोषणा गरेको हो । धौलागिरी, कर्णाली, सगरमाथा, महाकाली, सेती लगायत अञ्चलमा अझै पनि डायलासिस गर्ने सेवा पुगेको छैन  ।

डाक्टर श्रेष्ठका अनुसार सरकारले डायलासिसको साटो मृगौला प्रत्यारोपणमा निःशुल्क सेवा दिने व्यवस्था गरेको भए बिरामीलाई धेरै फाइदा हुन्थ्यो । डायलासिस निःशुल्क हुँदा बिरामीले प्रत्यारोपण नगर्ने सम्भावना धेरै हुने र यसले थप आर्थिक भार पर्ने डाक्टर श्रेष्ठले बताए ।

कमेन्ट गर्नुहोस्
Share: