वेगनासतालमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु

Share:

पोखरा, १ जेठ-
लेखनाथको वेगनासतालमा पौडी खेल्ने क्रममा डुबेर शनिबार एकजनाको ज्यान गएको छ । शनिबार दिउँसो करिब २ बजे तालमा पौडी खेल्ने क्रममा पोखरा–१० नागिन टोलका १५ बर्षीय रवि सापकोटाको ज्यान गएको हो ।
तालमा डुबेपछि उनके स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरिएपनि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
मृतक सापकोटाको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: