
लेखनाथ, २ जेठ-
कर तिरौं सभ्य नागरिक वनौ भन्ने मुल नाराका साथ यही जेष्ठ २ गते आईतवार देखी लेखनाथ नगरपालिकाका सम्पूर्ण वडाहरुमा व्यवसाय कर संकलन गरिने भएको छ ।
आ. व. २०७२÷०७३ सम्ममा पेशा व्यवसाय दत्र्ता तथा संचालन गर्नुभएका व्यवसायीहरुले लेखनाथ नगरपालिकालाई वुझाउनुपर्ने व्यवसाय कर उठाउन लेखनाथ नगरपालिका र लेखनाथ उद्योग वाणिज्य संघवाट टोली यही जेष्ठ २ गते देखीे घर दैलोमानै गई व्यवसाय कर संकलन गरिने कुरा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले बताए ।
व्यवसाय कर संकलनका लागि लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत सहित कर्मचारीहरु र लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सहित पदाधिकारी, कार्यसमिति सदस्य र सल्लाहकार सहित कर्मचारीहरु स्थलगत अभियानका रुपमा व्यवसाय कर संकलनका लागि जाने कुरा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष त्रिपाठीले बताए ।
व्यवसाय कर संकलनको पहिलो दिन लेखनाथ नगरपालिका वडा न. १ र १२ मा एक टोली र १३, १४ र १५ अर्को टोली गरि दुई टोलीवाट व्यवसाय कर संकलन गरिने यसै प्रकारले असार २ गते सम्म नगरपालिकाका सम्पुर्ण वडाहरुमा व्यवसाय कर संकलन गरिने अध्यक्ष त्रिपाठीले बताए ।
