पोखरामा मदन आश्रित स्मृती व्याडमिन्टन प्रतियोगिता

Share:

पोखरा, ४ जेठ-
नेकपा एमालेका तत्कालिन महासचिव तथा संगठन विभाग प्रमुख जिवराज आश्रितको २३ औं म्दन आश्रित स्मृती दिवसका अवसरमा आयोजत दुइ दिने विद्यालय स्तरिय व्याडमिन्टन प्रतियोगिता मंगलवार पोखरामा सम्पन्न भएको छ ।
मदन भण्डारी स्र्पोटस एकाडेमी कास्कीले आयोजना गरेको प्रतयोगितामा व्याइज सिंगलमा प्रगती वोर्डिङका विधान अधीकारी प्रथम, र प्रगतीकै सुलभ बस्नेत दोश्रो भए । त्यसैगरि प्रगतीका धिरन विक र सैनिक आवाशिय महाविद्यालयका ओम थापाले तृतिय स्थान हात पारे ।
गल्र्स सिंगल तर्फ टप्स उच्च मावीका आकसती केसी प्रथम, टप्सकी प्रतिक्षा गुरुङ दोश्रो, प्रगतीकी शितल केसी तृतिय र टप्सकी समिक्षा गुरुङले तृतिय स्थान प्राप्त गरे ।
त्यसै गरि व्याइज डवल्स तर्फको खेलमा प्रगतीका निकेश खडका र विधान अधिकारी प्रथम, सुलभ वस्नेत र धिरेन विक दोश्रो, सैनिकका ओम थापा र विश्वास कुवंर दोश्रो तथा कुमुदिनीका धिरज श्रेष्ठ र आयुश श्रेष्ठले तृतिय स्थान हात पारे ।
गल्र्स डवल्स तर्फको खेलमा टप्सकी आकृती केसी र प्रतिक्षा गुरुङ प्रथम, प्रगतीकी निर्जला खडका र सितल केसी दोश्रो र टप्सकी समिक्षा गुरुङ र एलिशा बलालले तेश्रो स्थान प्राप्त गरे ।
विजयी खेलाडीलाई नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा गण्डकी अंचल इन्चार्ज जगत विश्वकर्मा, नेकपा एमाले कास्कीका सचिव दामोदर बैरागी, नेकपा एमाले क्षेत्रनं ३ का अध्यक्ष धन वहादुर नेपाली,मदन भण्डारी स्र्पोट्स एकाडेमीका केन्द्रिय सदस्य राजेन्द्र गुरुङ, नेपाल ओलोम्पिक कमीटीका सदस्य तेज गुरुङ, कास्की जिल्ला खेलकुद विकास समितीका अध्यक्ष याम वहादुर गुरुङ लगाएतले नगद, पदक तथा प्रमाण पत्र प्रदान गरेका थिए ।
मदन भण्डारी स्र्पोट्स एकेडेमी कास्कीका अध्यक्ष ऋषी रामा गौतमको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव कुष्ण तिमिल्सीनाले गरेका थिए ।
प्रतियोगितामा १३ विद्यालयका ७६ टिमको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: