पर्वतमा हावाहुरीले विद्यालयको छानो उडाउँदा दुई विद्यार्थी घाईते

Share:

पर्वत, ४ जेठ-
मंगलावार दिउँसो चलेको हाबाहुरीका कारण विद्यालयको छाना उडाउँदा पर्वतमा दुई विद्यार्थी घाईते भएका छन् ।
पर्वत जिल्लाको देउपुर गाविस स्थित जननेत्र उच्च माविको विद्यालय भवनको छाना उडाउँदा दुई विद्यार्थी घाईते भएका हुन् । कक्षा ७ मा अध्ययनरत जोयल गुरुङ र कक्षा ६ मा अध्ययनरत सन्ध्या तिमिल्सिना घाईते भएकी हुन् । उनिहरुको स्थानिय स्वास्थ्य चौकीमा उपचार भैरहेको विद्यालयका शिक्षक भूमिराज शर्माले जानकारी दिए ।
गत वर्ष विनासकारी भुकम्पले क्षतिग्रस्त भएको बिद्यालयको पुननिर्माण कार्य सकिनै लाग्दा फेरि अर्को बिपत्ति आइलागेको उनले बताए ।
हुरीले दुई कोठे भवनको पुरै छाना उडाएको छ भने हुरीसँगै उडेका टिन र काठहरुले नयाँ भवनका छानाहरुमा समेत क्षति पु¥याएको छ । जस्ता पाता र छानाका काठहरु नजिकैको जंगलका रुखमाथी र भुइँभरि छरिएका छन । हावाहुरीले छाना उडाएपछि विद्यालयको पढाई समेत प्रभावित बनेको छ ।
विद्यालय गत वर्षको भूकम्पका कारण पुर्ण क्षति पुगेको थियो । अहिले उक्त विद्यालयको पुर्ननिर्माण कार्य भैरहेको छ । स्थानिय अभिभावक र जिल्ला शिक्षा कार्यालयको समेत सहयोगमा भवन निर्माण कार्य भैरहेको शिक्षक शर्माले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: