प्रेस चौतारीका तीन प्रतिवेदन पारित, शुक्रबार नयाँ नेतृत्व चयन हुने

Share:

काठमाडौँ, ६ जेठ-
प्रेस चौतारी नेपालको आठौँ राष्ट्रिय अधिवेशनको बन्द सत्रले आज राति साङ्गठनिक र आर्थिक प्रतिवेदन तथा मुलुकको सङ्घीय संरचना अनुकूल विधान संशोधन पारित गरेको छ ।
ती प्रतिवेदन महासचिव माधव नेपाल, कोषाध्यक्ष विश्वमणि सुवेदी र मध्यमाञ्चल उपाध्यक्ष उपेन्द्र केसीले प्रस्तुत गरेका थिए । सो अनुसार चौतारीको केन्द्रीय समिति ७९ सदस्यीय हुने छ । तीमध्ये २२ पदाधिकारी हुने छन् । त्यस्तै प्रदेशस्तरका समिति पनि बन्ने छन् ।
बन्दसत्रलाई सम्बोधन गर्दै नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले पार्टी पदाधिकारीहरुको निर्वाचन सर्वसम्मत गराइने र अन्य सदस्यमा प्रदेशले मात्र निर्वाचन गर्ने व्यवस्था गराई कार्यसमितिलाई पूर्णता दिइने बताए ।

कमेन्ट गर्नुहोस्
Share: