
पोखरा, ७ जेठ-
दृष्टिविहीन क्रिकेट भारतको प्राबिधिक सहयोग, नेत्रहीन क्रिकेट संघ कास्कीको समन्वय र नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा पोखरा रङ्गशालाको क्रिकेट मैदानमा अन्तराष्ट्रिय स्तरको दृष्टिबिहीन क्रिकेट प्रशिक्षण सुरु भएको छ।
क्रिकेट प्रशिक्षणका सहभागीहरुलाई प्रशिक्षण दिनका लागी दृष्टिविहीन क्रिकेट भारतले दृष्टिबिहीन क्रिकेटका राष्ट्रिय कोच सुजु कुमार र सहायक कोच जोन डेबिडलाई पठाएको छ।
उक्त प्रशिक्षणका लागी देशभरिबाट २८ जना दृष्टिबिहीन खेलाडीहरु सहभागी भएका छन्। जसमा कास्कीबाट ८ जना खेलाडीहरुको समेत सहभागिता रहेको छ।
उक्त प्रशिक्षण मिति २०७३ जेष्ठ ७ गते बाट ११ गते सम्म सञ्चालन हुनेछ ।
कमेन्ट गर्नुहोस्
