
पोखरा, ९ जेठ-
पोखराबाट सञ्चालित साङ्गीतिक अभियान सुगम सङ्गीत यात्राको ११ औँ शृङ्खला पर्वतको कुश्मामा सम्पन्न भएको छ ।
अनुपम म्युजिक, त्रिवेणी सङ्गीतालय र जे. ई. म्युजिक, पोखराको संयुक्त आयोजनामा हरेक महिनाको पहिलो शनिबार सञ्चालन हुँदै आएको कार्यव्रmमको अध्यक्षता स्थानीय व्यवस्थापक पर्वत साहित्य सङ्गमका संस्थापक अध्यक्ष इन्द्रकुमार विकल्पले गर्नुभएको थियो ।
कार्यव्रmमका प्रमुख अतिथि पर्वतका प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले नेपाली गीत सङ्गीतका क्षेत्रमा यस्ता अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । वाङ्मयिक क्षेत्रमा सरकारी निकायले पनि योगदान पु¥याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
त्रिवेणी सङ्गीतालय प्रबन्ध निर्देशक नवराज बरालको स्वागत र अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीको सञ्चालनमा भएको कार्यव्रmममा जे. ई. म्युजिकका प्रबन्ध निर्देशक गायक रामभक्त जोजिजू, पशुपति गुप्ता, लक्ष्मी गिरी, श्रीधर कँडेल, अनु गुरुङ, प्रमिला बराल, नरेश राईलगायतले आफ्ना साङ्गीतिक प्रस्तुती राखेका थिए ।
