
पोखरा ११ जेठ-
नशालु पदार्थ सेवन गराई लुटपाट गर्ने गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले विभिन्न ५ जना ब्याक्तिहरुलाई पक्राउ गर्न सफल भएको हो ।
रुपन्देहीको बुटवल नगर क्षेत्रका विभिन्न स्थानमा जग्गा बेच्ने ब्याक्तिहरुलाई जग्गा मोलमोलाइका लागी बुटवल वसपार्कका होटलहरुमा बोलाई जुस तथा बिस्कुटमा नशालु पद्धार्थ मिसाइ बेहोस बनाइ लुटपाट गर्दै आएका स्याङजा पेलाकोट गाविस घर भइ पोखरा ७ बस्ने धन बहादुर बिक, स्याङजा स्वरेकका बिकास भन्ने डिल बहादुर सेन ठकुरी, नवलपरासी अरुणखोलाका प्रकाश सुनार, पर्वत हसौनी घर भइ हाल रुपन्देही बुटवल बस्ने राम गुरुङ र स्याङजा छाङछाङदी घर भइ हाल रुपन्देही बुटवल बस्ने लाले बहादुर दमैलाई कास्की प्रहरीको सक्रियतामा पोखरा ७ जनप्रिय मार्गबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय बैदाम बाट खटिएको टोलीले निज ५ जनालाई नशालु औषधी लोराजेपाम ट्याब्लेट र बिस्कुट सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्ने ब्याक्तिहरुले बुटवल रुपन्देही, मुग्लिन चितवन र पाल्पामा समेत विभिन्न ब्याक्तिहरुलाई नशालु पदार्थ सेवन गराइ नगद तथा सुनका गरगहना लुटि फरार रहेको अनुसन्धानको क्रममा खुलेको समेत प्रहरीले जनाएको छ ।
