विग आइकन गगन पुन साँगीतिक कार्यक्रमका लागि कतार जाँदै

Share:

पोखरा, १२ जेठ-
पहिलो विग आइकन गगन पुन कतारमा हुने साँगीतिक कार्यक्रममा सहभागि हुनका लागि बुधबार त्यसतर्फ जाँदैछन् ।
म्याग्दी प्रवासी संघ कतारले दोहामा गर्ने कार्यक्रममा सहभागि हुन पुन त्यहाँ जान लागेका हुन् । पुनसहितको टोली बुधबार साँझ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दोहाका लागि उड्नेछ । पुनसहित कलाकार निशा केसी, पुरुषोत्तम गैरे लगायतका कलाकार पनि उक्त कार्यक्रममा सहभागि हुन आजै जाँदैछन् ।
पाँच दिनसम्म गगनको टोलीले कतारमा रहँदा अन्य कार्यक्रममा समेत सहभागिता जनाउनेछन् । म्यागेसेसे पुरस्कार विजेता म्याग्दीका महाविर पुनको सक्रियतामा उनीहरु कतार जान लागेका हुन् ।
गायक पुन यसअघि हङ्गकङ्ग, बहराइन, कोरिया लगायतका देशमा पुगिसकेका छन् । पहिलो एल्बम ‘गगन’ बजारमा ल्याईसकेका उनी हाल दोश्रो एल्वमको तयारीमा छन् ।

कमेन्ट गर्नुहोस्
Share: