लेखनाथमा तीन दिने फुटबल प्रशिक्षण

Share:

लेखनाथ, १३ जेठ-
फुटबलको क्षेत्रमा काम गर्दै आएको मध्यपुर युथ एसोसियसन र मर्सीकोर नेपालको आयोजना तथा आदर्श युवा क्लवको व्यवस्थापनमा तीन दिने फुटवल प्रशिक्षण सुरु भएको छ।
मध्यपुर युथ एसोसियसनका अध्यक्ष तथा १६ वर्ष मुनि उमेर समहुका राष्ट्रिय प्रशिक्षक उपेन्द्रमान सिंहको अगुवाईमा लेखनाथ नगर क्षेत्रका भिविन्न वडाबाट प्रतिनिधीत्व हुने गरि २० जना खेलाडीहरुलाई प्रशिक्षण दिईएको हो।
यस भन्दा अगाडी दुई चरणमा दिईएको तालिमका सहभागीहरुलाई फुटवलका बारेमा पुर्नताजकी गराउँदै खेलाडीहरुको क्षमता अभिबृद्धि र खेलको गुणस्थरमा सहयोग पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको आदर्श युवा क्लबका अध्यक्ष लक्ष्य भण्डारीले जानकारी दिए।
आदर्श युवा क्लवको सक्रियतामा निमार्ण गरिएको लेखनाथ रङगशालामा परिसर भित्र संचालन भएको प्रशिक्षण वुधवार देखि सुरु भई शुक्रवार सकिने कार्यक्रम रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: