राष्ट्रपति रनिङ्ग शिल्ड पोखरामा आजदेखि, १४ सय बढि खेलाडी सहभागि

Share:

पोखरा, १६ जेठ-
आठौ क्षेत्रीय राष्ट्रपति रनिङग शिल्ड खेलकुद प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा १७ गतेसम्म संचालन हुने प्रतियोगितामा छात्र/छात्रा भलिबल, एथलेटिक्स, कबडडी, फुटबल उसु, कराँते, तेक्वान्दो र छात्र क्रिकेटमा १६ जिल्लाका १४ सय २२ खेलाडी र १ सय ३५ अफिसियल गरि १५ सय बढिको सहभागीता रहनेछ ।

क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीका अनुसार प्रतियोगिताको विजेताले नगद २० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद १५ हजार, तृतियले नगद १० हजार र ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त छन् । प्रतियोगितामा विधागत खेलमा प्रथम, द्धितिय र तृतिय हुने जिल्लाहरुलाई ट्रफि, मेडल र प्रमाणपत्र ब्यवस्था गरिएको प्रमुख योगीले जानकारी दिए ।

एथलेटिक्स, भलिबल, कबड्डी खेलमा प्राप्त स्थानका आधारमा प्रदान गरिने अंक अनुसार कुल अकंमा सवैभन्दा बढि ल्याउन सफल जिल्लालाई राष्ट्रपति रनिङग शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ । आठ खेलमा ३ सय ५४ पदकका लागी खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालले गर्ने कार्यक्रम छ । प्रतियोगितामा विजेता खेलाडीले जेठ १९ देखि २१ गतेसम्म काठमाडौमा हुने केन्द्रीय राष्ट्रपति रनिङग शिल्डमा सहभागीता जनाउन पाउने अध्यक्ष पौडेलले बताए ।

कमेन्ट गर्नुहोस्
Share: