
बिग न्युज पोखरा १६ जेठ । पोखरामा आठौ पश्चिमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटनका अवसरमा आयोजित १५ सय मिटर छात्र÷छात्रा दौडमा गुल्मीका रोहित अधिकारी र छात्रा दुर्गा पौडेलले स्वर्ण पदक जिते । छात्र तर्फ लम्जुङका विष्णुहरी पौडेलले रजत र कास्कीका विवेक गुरुङले कास्य पदक हात पारे ।
छात्रामा नवलपरासीकी गुडिया गुप्ताले रजत पदक जित्दा स्याङजाकी भगवती खनालले कास्य पदक प्राप्त गरे । त्यस्तै सटपुट छात्रमा पर्वतका बसन्त गुरुङले स्वर्ण, नवलपरासीका निरज महतोले रजत र कपिलबस्तुका दिलबहादुर मल्लले कास्य पदक जिते । छात्रा तर्फ बाग्लुङकी बसन्ती बुढाले स्वर्ण, लम्जुङकी रश्मीता दुराले रजत र तनहुँकी सुमित्रा थापाले कास्य पदक हात पारे ।
युवा तथा खेलकुद मन्त्रालयको तत्वाधान र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा पोखरा रगंशालामा सुरु प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालले गरे । उद्घाटन गदै उहाँले खेलकुदले नै नेपाली र नेपालीको शिर उच्च बनाएको बताउदै खेलकुदमा लगाव, मेहनत र अनुशासनले मात्रै सफलता प्राप्त गर्न सकिने बताए । उनले खेलाडीले खेल खेलेरै बाच्न सक्ने आधार तयार गर्नुपनेमा जोड दिए । खेलाडीको जीवनयापन गर्न सक्ने अवस्थाको सृजना गर्नुपर्छ, त्यसका लागी सरकारले पहल गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेता नेपालले शारिरिक सुगठनका खेलाडी सुरेश गुरुङलाई नगद पाँच हजार सहित सम्मान समेत गरेका थिए । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सभाष्द जीवन परियार, पश्चिमाञ्चल क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइराला, एमाले केन्द्रीय सदस्य ठाकुर गैरे लगायतले बोलेका थिए ।
त्यस्तै प्रतियोगिता अन्र्तगत आइतबारै भएको सितोरियो कराँतेको काता छात्र तर्फ रुपन्देहीका रिसव पाण्डे, बाग्लुङ सुजन नेपाली फाइनल प्रवेश गरेका छन् भने गोरखाका बृद्ध लामा तेस्रो भए । छात्रा तर्फ कास्कीकी विमला नेपाली, म्याग्दीकी प्रीति गर्वुजा फाइनल पुगेका छन भने अर्घाखाचीकी पुजा दर्लान र बाग्लुङकी दुर्गा सापकोटाले कास्यपदक जिते ।
४० केजी तौल छात्रा तर्फ कास्कीकी मगला बुढा र तनहुँकी पुजा कुमाल फाइनल प्रवेश गरे भने लम्जुङकी अनु गुरुङ र गोरखाकी कविता घलेले कास्य पदकमा प्राप्त गरे । ४२ केजीमा कास्कीका किरण गुरुङ, गोरखाका बृद्ध लामा फाइनल प्रवेश गरे । प्रतियोगिता अन्र्तगत उसुको नान्छवान छात्र तर्फ कास्कीका शिशिर सिञ्जाली मगरले स्वर्ण जिते भने रुपन्देहीका शैलेश्वर राईले रजत र निर्मल थापा मगरले कास्य पदक जिते । नान्छवान छात्रा तर्फ कास्कीका लीला गोतामेले स्वर्ण, बाग्लुङकी सोफिया मल्लले रजत र कपिलबस्तुकी करुणा खनालले कास्य पदक हात पारे । छान्छवान छात्र तर्फ बाग्लुङका सुनिल खड्काले स्वर्ण, कास्कीका यूसेफ सुनुवार राईले रजत र कपिलबस्तुका मनिष राईले कास्य पदक जिते । छान्छवान छात्रा तर्फ बाग्लुङकी सुनाम खत्रीले स्वर्ण, कास्कीकी सुस्मितिा तामाङले रजत र कपिलबस्तुककी प्रतिक्षा भुसालले कास्य पदक प्राप्त गरे ।
यता तेक्वान्दोको ४४ केजी तौल समुह छात्रामा बाग्लुङका रम्जना रामजाली, कास्कीका अनिता कुमाल, पर्वतका सोनिया माझी र रुपन्देहीकी पुजा तुराहा सेमिफाइनल प्रवेश गरेका छन् । ४६ केजी तौल छात्रामा दिया पुन ( गुल्मी), स्नेहा परियार (कास्की), दिक्षा बोहरा(बाग्लुङ), सिमरन विक (रुपन्देही) सेमिफाइनल पुगेका छन् ।४५ केजी तौल समुहमा पदम थापा(तनहु), मिलन थापा(बाग्लुङ), साहील राना (रुपन्देही), डेवीड श्रेष्ठ(गुल्मी) सेमिफाइनल प्रवेश गरे । ४८ केजी तौल समुहमा सरोज गाहा –पाल्पा), तयन केवट(नवलपरासी), प्रकाश माझी(पर्वत), विजय धरीकार (रुपन्देही) सेमिफाइनल पुगे । प्रतियोगिता अन्र्तगत भलिबल र कबड्डीका पहिलो चरणका खेल सम्पन्न भएका छन् ।
सोमबारसम्म संचालन हुने प्रतियोगितामा छात्र÷छात्रा भलिबल, एथलेटिक्स, कबडडी, फुटबल उसु, कराँते, तेक्वान्दो र छात्र क्रिकेटमा १६ जिल्लाका १४ सय २२ खेलाडी र १ सय ३५ अफिसियल गरि १५ सय बढिको सहभागीता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद २० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद १५ हजार, तृतियले नगद १० हजार र ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगितामा विधागत खेलमा प्रथम, द्धितिय र तृतिय हुने जिल्लाहरुलाई ट्रफि, मेडल र प्रमाणपत्र ब्यवस्था गरिएकाछ । एथलेटिक्स, भलिबल, कबड्डी खेलमा प्राप्त स्थानका आधारमा प्रदान गरिने अंक अनुसार कुल अकंमा सवैभन्दा बढि ल्याउन सफल जिल्लालाई राष्ट्रपति रनिङग शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
आठ खेलमा ३ सय ५४ पदकका लागी खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा विजेता खेलाडीले जेठ १९ देखि २१ गतेसम्म काठमाडौमा हुने केन्द्रीय राष्ट्रपति रनिङग शिल्डमा सहभागीता जनाउन पाउने अध्यक्ष पौडेलले बताए ।
