कास्की जिल्ला बक्सिङ संघमा पुनः गुभाजु

Share:

पोखरा, १७ जेठ-
कास्की जिल्ला बक्सिङ संघको तेश्रो अधिवेशनले पुनः बुद्ध गुभाजुको नेतृत्वमा नयाँ समिति चयन गरेको छ ।
संघको शनिबार भएको तेस्रो अधिवेशनले गुभाजुको नेतृत्वमा आगामी चार बर्षका लागि नयाँ समिति चयन गरेको हो ।

संघको उपाध्यक्ष राजेन्द्र पहारी, मनोनित उपाध्यक्ष रामराज अधिकारी, सचिव राजुबहादुर कोइराला, सहसचिव टेकबहादुर भुजेल, कोषाध्यक्ष सुमन श्रेष्ठ छन ।

त्यसैगरी सदस्यमा भरत आले, सूर्य थापा, भीम गुरुङ, रमेश थापा, विष्णुमान कायस्थ, ऋषि थापा र यज्ञबहादुर गुरुङ छन् । सल्लाहकारमा गणेशबहादुर भट्टराई, भरत पराजुली र मदन केसी छन् ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यामबहादुर गुरुङले बाक्सिङ सघलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सघले पनि पोखरालाई खेलकुद सहरको रुपमा स्थाना गर्न पहल गर्ने विश्वास प्रकट गरे ।

बुद्ध गुभाजुको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बक्सिङ सघका पूर्व केन्द्रीय उपाध्यक्ष गणेशबहादुर भट्टराईले शुभकामना मन्तव्य राखेका थिए भने सञ्चालन सचिव राजबहादुर गुरुङले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: