
पोखरा, १७ जेठ-
आठौ पश्चिमाञ्चलस्तरीय क्षेत्रीय राष्ट्रपति रनिङग शिल्ड खेलकुद प्रतियोगितामा कास्की जिल्ला च्याम्पियन बनेको छ । कास्कीले कुल २०१ अंक ल्याउदै आठौ पटक पनि क्षेत्रीय रनिङग शिल्ड जित्न सफल भयो । कास्कीले एथलेटिक्समा १ सय ३१, छात्रा भलिबलमा ४२, कबडड्ी छात्रछात्रामा २८ अंक ल्याउदै च्याम्पियन बनेको हो । कास्कीले रनिङ्ग शिल्ड सहित नगद २० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । कास्की राष्ट्रपति रनिङ्ग शिल्लका आठै संस्करणमा च्याम्पिन बन्ने भाग्यमानि टिम बनेको छ ।
कुल १ सय ७७ अंक ल्याउदै नवलपरासी उपविजेता बनेको छ । नवलपरासीले एथलेटिक्समा ७९, छात्र भलिबलमा १४, छात्र कबड्डीमा ४२ र छात्रा कबड्डीमा ४२ अंक ल्याउदै उपविजेता बन्यो भने तनहुँ १ सय २३ अंकका साथ तेस्रो भयो । तनहुँले एथलेटिक्समा ८१, छात्र कबड्डीमा २८ र छात्रामा १४ अंक ल्याउन सफल भयो । उपविजेता नवलपरासीले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्दा तनहुँले १० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्तमा चित्त बुझायो । प्रतियोगितामा एथलेटिक्स छात्रा तर्फ बराबर पदक ल्याएका कास्कीकी शशी चौधरी र नवलपरासीकी विपना परियार र छात्रमा कास्कीका विकासकुमार शाह उत्कृष्ट खेलाडी घोषित भए । कबड्डीमा छात्रामा गुल्मकी ईश्वरा कार्की र छात्रमा नवलपरासीका रियाजुद्धिन अन्सारी उत्कृष्ट खेलाडी भए ।
भलिबल छात्र तर्फ स्याङजाका महेश खड्का र छात्रामा कास्कीकी मर्मता डगौरा उत्कृष्ट खेलाडी हुदै ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे ।विजेता खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुडामणी पौडेल, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, समितिका उपाध्यक्ष सुनिलकुमार गुरुङ, कोषाध्यक्ष बसन्त जिआर, क्षेत्रीय सदस्यहरु सम्पन्न श्रेष्ठ, देवेन्द्र केसी, देवेन्द्र बास्तोला, यमकुमारी गुरुङ, सरीता गुरुङ, कास्की जिल्ला अध्यक्ष यामबहादुर गुरुङ, उपाध्यक्ष खगेन्द्र गौचन, कोषाध्यक्ष दिपकबहादुर गोदार, सदस्यहरु दिपक तिमिल्सिना, अजय पराजुली, कास्की जिल्ला फुटबल संघका अध्यक्ष धरमबहादुर लामिछाने, खेलकुद पत्रकार एकराज गिरी, कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल लगायतले पुरस्कार वितरण गरेका थिए ।
आइतबारदेखि संचालन भएको प्रतियोगितामा छात्र÷छात्रा भलिबल, एथलेटिक्स, कबडडी, फुटबल उसु, कराँते, तेक्वान्दो र छात्र क्रिकेटमा आठ खेलमा ३ सय ५४ पदकका लागी १६ जिल्लाका १४ सय २२ खेलाडी र १ सय ३५ अफिसियल गरि १५ सय बढिको सहभागीता रहेको थियो । प्रतियोगितामा विजेता खेलाडीले जेठ १९ देखि २१ गतेसम्म काठमाडौमा हुने केन्द्रीय राष्ट्रपति रनिङग शिल्डमा सहभागीता जनाउने छन् ।
