
काठमाडौं, १९ जेठ
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले संयुक्त अरब इमिरेट्स ९युएई०को दुवई र चीनको ग्वान्जाओमा उडान विस्तार गर्ने तयारी गरेको छ।
ग्वान्जाओ उडान गर्न चिनियाँ कम्पनी बेइजिङ लङवे र दुवाइका लागि अन्टा ट्राभललाई जनरल सेल्स एजेन्ट ९जीएसए० तोकिसकेको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए।
शर्माका अनुसार दुवई उडान आगामी अगस्ट पहिलोसाता ९साउन दोस्रो हप्ता०मा उडान गर्ने तय भइसकेको छ भने ग्वान्जाओ सोही समयमा उडान सुरु गर्न अन्तिम तयारीमा निगम जुटेको छ। दुवईका लागि साउन दोस्रो साताको कति गतेबाट उडान गर्ने भन्ने मिति तय हुन बाँकी छ।
ग्वान्जाओका लागि भने अझै केही प्रक्रिया बाँकी रहेको निगमको भनाइ छ।चीनमा उडान गर्न नेपालको हवाई उड्डयान क्षेत्रको नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई साता अगाडि नै अनुमति दिइसकेको छ।
चिनियाँ पक्षबाट आवश्यक डकुमेन्ट तयार गरेर अन्तिम रुप दिन अझै एक÷ढेड महिना लाग्ने निगमले जानकारी दिएको छ।निगमले दुवईमा नियमित उडान गर्न युएईको ट्राभल कम्पनी अन्टासँग मंगलबार सहमति भएको छ।
