
पोखरा, २० जेठ-
कास्की जिल्ला फुटवल संघको आयोजनामा बिहीबारदेखि पोखरा रंगशालामा अन्तर विद्यालय स्तरीय कोकाकोला कप छात्र-छात्रा फुटवल प्रतियोगिता सुरु हँदैछ ।
प्रतियोगिता अन्तर्गत कास्कीमा छात्रतर्फ ९० तथा छात्रातर्फ १३ टिम सहभागि हुने भएको कास्की जिल्ला फुटवल संघका अध्यक्ष धरमबहादुर लामिछानेले बताए ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको कार्यक्रम तथा अखिल नेपाल फुटवल संघको तत्वाधानमा हुन लागेको प्रतियोगितामा छात्रतर्फका खेलहरु पोखरा रंगशाला (ग्राउण्ड ए) र शसस्त्र प्रहरी बलको कालिका गण मालेपाटनस्थित खेल मैदान (ग्राउण्ड बि) मा हुने संघ लामिछानेले बताए ।
छात्र क्वाटरफाइनल पछिका तथा छात्रातर्फको सम्पूर्ण खेलहरु पोखरा रंगशालाको फुटवल मैदानमा हुने भएको छ ।
आगामी २९ गते सम्म सञ्चालन हुने प्रतियोेगिताबाट छात्रतर्फ दुई तथा छात्रातर्फ एक विद्यालय क्षेत्रिय छनौटका लागि छनौट हुने छन् ।
प्रतियोगिता सम्पन्न गर्न आयोजक संघ कास्कीका उपाध्यक्ष कुमार गुरुङ्गलाई संयोजक तथा सदस्य आइन्दल गुरुङ्गलाई सह–संयोजक चयन गरिएको छ । कास्की विजेताले ट्रफि मेडल पुरस्कार प्राप्त गर्ने उपाध्यक्ष मिलन गुरुङ्गले बताए ।
