
पोखरा, २० जेठ-
नेपाल खेलकुद पत्रकार मञ्च कास्की शाखाको शुक्रबार हुने विशेष अधिवेसन तयारी पूरा भएको छ । सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसमा बिहान ८ बजे सुरु हुने अधिवेसन उद्घाटन मंचका केन्द्रीय अध्यक्ष महेश आचार्यले गर्नेछन् ।
मंच अध्यक्ष प्रेमनारायण न्यौपानेको राजीनामापछि ६ महिनाभित्रमा अधिवेसन गरी नयाँ कार्यसमिति निर्वाचित गर्नुपर्ने भएकोमा विशेष अधिवेसन हुन लागेको हो । मंच का.वा.अध्यक्ष सन्देश श्रेष्ठको अध्यक्षतामा १७ औ बैठकले अधिवेसन गर्ने निर्णय गरेको थियो ।
अधिवेसनले ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । कार्यकाल ३ वर्षको हुने मंच सचिव दीननाथ बरालले जानकारी दिए ।
खेलकुद बिटमा रहेर कलम चलाउने पत्रकार आबद्ध खेलकुद पत्रकार मंच कास्कीमा ४० जना सदस्य छन् ।
नयाँ नेतृत्वका चयनका लागि निर्वाचन सम्पन्न गर्न मंचका केन्द्रीय अध्यक्ष महेश आचार्यको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन मण्डल गठित छ । सदस्यमा पत्रकार महासंघ केन्द्रीय सदस्य एवं अधिवक्ता सुष्मा पौडेल र जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बराल छन् ।
मंचले जेठ १ मा पोखरामै पहिलो पटक आयोजना गरेको स्पोर्टस् अवार्ड–२०७२ ऐतिहासिकरुपमा सम्पन्न गरेको थियो ।
