खेलकुद पत्रकार मञ्च कास्कीमा सल्लाहकार चयन

Share:

पोखरा, २३ जेठ / नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीको सल्लाहकार चयन गरिएको छ । मञ्चको आइतबार बसेको पहिलो पूर्ण बैठकले तीन सदस्यीय सल्लाहकार समिति चयन गरेको हो ।

सल्लाहकारमा संस्थापक अध्यक्ष एवं नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल र जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यामबहादुर गुरुङ रहेका छन् ।

मञ्चका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको बैठकले गत शुक्रबार सम्पन्न मञ्चको विशेष अधिवेशनको निर्वाचन समिति र निवर्तमान कार्यसमितिलाई धन्यवाद समेत ज्ञापन गरेको छ । नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्न मंचका केन्द्रीय अध्यक्ष महेश आचार्यको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन मण्डल गठन भएको थियो । सदस्यमा पत्रकार महासंघ केन्द्रीय सदस्य एवं अधिवक्ता सुष्मा पौडेल र जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बराल रहेका थिए । अधिवेशनबाट अध्यक्षमा पाठक, उपाध्यक्षमा दिननाथ बराल, सचिवमा रञ्जन अधिकारी, सहसचिवमा अर्जुन गिरी, कोषाध्यक्षमा विजय नेपाल तथा सदस्यमा सुरज श्रेष्ठ, उमेश पुन, सुरेन कुमार सुशील, नारायण शाही ठकुरी, लक्ष्मी जिसी र गीता रानामगर चयन भएका थिए ।

मञ्चका गतिविधिलाई समेटेर निकट भविष्यमै वेबसाइट सञ्चालन गर्ने निर्णय समेत गरिएको सचिव रञ्जन अधिकारीले जानकारी दिए । मञ्चले यही जेठ १ मा पोखरामै पहिलो पटक आयोजना गरेको स्पोर्टस् अवार्ड–२०७२ ऐतिहासिक रुपमा सम्पन्न गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: