
३० जेठ, काठमाडौँ: नेपाल शैक्षिक परामर्श संघ इक्यानको १० औ शैक्षिक मेलाको तेश्रो दिन आइतवार करिब ३७ हजार जनाले अबलोकन गरेका छन । सुक्रबारबाट राजधानीको भृकुटिमण्डपमा सञ्चालन भइरहेको मेलामा आज पनि बिधार्थी तथा अविभावकको उल्लेख्य सहभागीता रहेको हो ।इक्यान मेला
मेलाको तेश्रो दिन आइपुग्दा अवलोकनका लागि देशभरी बाट आएका बिधार्थी तथा अबिभावकको सहभागीतामा बृद्धि भइरहेको छ । बिभिन्न देशका बिश्वबिद्यालयका प्रतिनिधिहरुको समेत प्रत्यक्ष संलग्नता रहेको यो मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय परामर्शदाताहरुका स्टलहरु रहेका छन । मेलामा आउने बिधार्थी तथा तिनका अबिभावकले अनुभव प्राप्त परामर्शदाताहरुबाट प्रत्यक्ष रुपमा परामर्श लिइरहेका छन । नेपाल बाट बिषेश गरि अष्ट्रेलिया, भारत, अमेरिका, बंगलादेश , न्युजील्याण्ड, बेलायत र युरोपका बिभिन्न देशमा उच्च शिक्षा अध्ययनका लागी जाने गर्छन । ति सबैजसो देशमा अध्ययनका लागी जान चाहने बिधार्थीहरुलाई परामर्श दिने दाताहरुको एकिकृत केन्द्रका रुपमा यो मेला उपयोगी हुदै आइरहेको छ । मेला प्रत्येक दिन बिहान १० बजे देखि ५ सम्म सञ्चालन भइरहेको छ । आगामी ३१ गते सम्म चल्ने यो मेलाको तेश्रो दिन आज बिधार्थी अविभावकको घुइचो लागेको हो । सोमबार अन्तीम दिन भएकाले पनि अवलोकनका लागि आएकाहरु स्टलमा परामर्श लिन व्यस्त भएका देखिन्थे ।
परामर्शका उदेश्य राखि अविभावकहरु समेतको आज उल्लेख्य सहभागीता रहेको देखिन्थ्यो । मेलामा राखिएका जम्मा २२५ वटा स्टल र १७ वटा पेभिलिएनमा परामर्श लिने बिधार्थी तथा अविभावकको घुइचो लागेको थियो । मेलामा सबै क्षेत्रका शिक्षा आर्जनका लागी परामर्श केन्द्रहरु राखिएका छन । बिधार्थी तथा अविभावकको उत्साहजनक सहभागीताले मेला बिधार्थीहरुका साच्चिकै उपयोगी भएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताउनु भयो । मेलाको सुरुवाती बर्षहरुमा बिधार्थीको जनसंख्या धेरै भएपनि खाली अवलोकन गर्नेहरुको मात्रा बढिरहेकोमा यो बर्ष गुणस्तरिय बिधार्थीहरुको सहभागीता भएकाले अध्यक्ष पाण्डेले बताउनु भयो । बिधार्थीहरुको गन्तव्य देखाउने उदेश्य राखी अयोजना गरिएको यो मेलाले आफ्नो उदेश्य अनुरुप सफलता हासिल गरेको उपाध्यक्ष राजेन्द्र रिजालले बताउनु भयो ।
मेलाको तेश्रो दिन नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले समेत अवलोकन गर्नुभयो । दिउसो ३ बजे मेला स्थल आउनु भएका महानायक हमाल पुरै स्टल अवलोकनका लागि पुग्नु भएको थियो । बिदेश जादा नेपालमा उपयोगी हुने शिक्षा आर्जनका लागी उपयुक्त जानकारी लिन महानायक हमालले नेपाली बिधार्थीहरुलाई सुझाव दिनुभयो । मेलाको दोश्रो दिन हिजो शनिबार ५२ हजारले अवलोकन गरेका थिए । मेला भोली ३१ गते सम्म सञ्चालन हुनेछ ।
